राष्ट्र बैंकले चुच्चे नक्सासहित ३० करोड थान नयाँ नोट छाप्ने, चिनियाँ कम्पनीलाई ठेक्का

  २०८१ कार्तिक ११ गते १८:२२     विकासन्युज

काठमाडौं । नेपाल राष्ट्र बैंकले १०० रुपैयाँ दरका ३० करोड थान नयाँ नोट छाप्ने भएको छ ।

राष्ट्र बैंकले सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे ।

केन्द्रीय बैंकका अनुसार नोटको डिजाइनसहित छपाइ र ढुवानीसहितको जिम्मेवारीका लागि चीनको ‘चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन’लाई ठेक्का दिइने निर्णय भएकाे छ ।

बैंकले चिनियाँ कम्पनीले ८९ लाख ९६ हजार ५९२ अमेरिकी डलर बराबरको खर्चमा नोट छपाइदेखि ढुवानीसम्म गरिदिने सूचनामा उल्लेख गरेकाे छ ।

नोटमा मन्त्रिपरिषद्को निर्णयबमोजिम चुच्चे नक्सा राख्न लागिएकाे हाे । गत वैशाखमा बसेकाे मन्त्रिपरिषद्को बैठकले सयको नोटमा रहेको पुरानो नक्सा परिवर्तन गरेर चुच्चे नक्सा राख्न राष्ट्र बैंकलाई अनुमति दिने निर्णय गरेको थियाे ।

अर्थ मन्त्रालयले बैंक नोटमा रहेको तस्बिर परिवर्तन गर्ने प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो ।

भारत अधीनस्थ रहेका कालापानी–लिपुलेक क्षेत्र समेटेर बनाइएको चुच्चे नक्सालाई २०७७ सालमा संसदले अनुमोदन गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.