काठमाडौंमा छ्याप्छ्याप्ती छन् प्रतिबन्धित प्लाष्टिकका फूल र माला (तस्बिरहरू)

  २०८१ कार्तिक १३ गते १३:००     विकासन्युज

काठमाडौं । तिहार सुरु भएसँगै बजारमा रौनक बेग्लै छ । फूलहरूको पर्व तिहार हर्षोल्लासपूर्वक मनाइँदैछ । तिहार सुरु भएसँगै बजारमा फूलहरू बेच्नका लागि राखिएको छ । बजारमा मखमली, सयपत्री लगायतका फूलहरू बेच्नका लागि पसल पसलमा झ्न्ड्याएर राखेको देख्न सकिन्छ । तर पसलहरूमा सयपत्री र मखमली फूल मात्रै छैनन् । प्लाष्टिकका फूलहरूले पनि बजार ढाकेको छ । प्लाष्टिकका फूलहरू बिक्री वितरण गर्न काठमाडौं महानगरपालिकासहित देशभरका विभिन्न स्थानीय तहले प्रतिबन्ध लगाएका छन् ।

तर प्लाष्टिकका फूलहरू उपत्यकाका विभिन्न पसलहरूमा देख्न सकिन्छ , जुन बेच्नका लागि राखिएको छ । किसानहरू फूल बिक्री नभएर हैरान भइरहेका बेला स्वदेशमा उत्पादित फूलहरूको खपत बढाउनु र बजार बिस्तार गर्नुको सट्टा व्यवसायीहरू छिमेकी मुलुक भारतबाट प्लाष्टिक अन्य मखमली एवं सयपत्री फूलहरू ल्याएर बेच्ने गरेका छन् ।

रोक लगाइरहँदासमेत प्लास्टिकका मालाहरू छ्यापछ्याप्ती बेच्ने गरेको देखिन्छ ।