समृद्धि फाइनान्स मर्जरमा जाने, सेयरधनीको हात खाली, साधारणसभा मंसिर ६ गते

  २०८१ कार्तिक १४ गते ८:५१     विकासन्युज

काठमाडौं । मर्जर प्रस्ताव पारित गर्न समृद्धि फाइनान्स कम्पनीले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको कात्तिक १३ गते बसेको बैकठले २३औँ वार्षिक साधारण सभा मंसिर ६ गते बोलाएको हो ।

कम्पनीको सभाले कुनै बैंक, विकास बैंक तथा वित्तीय संस्थासँग एक आपसमा गाभ्ने/गाभिने (मर्जर) तथा प्राप्ति (एक्वीजिसन)को लागि सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्नेछ ।

यस्तै, सञ्चालक समितिको तर्फबाट सञ्चालक समितिका अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब, वित्तिय विवरण तथा नगद प्रवाह विवरण लगायतका अनुसूचीहरू माथि छलफल गरि पारित गर्नेछ ।

साथै लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८१/८२ को लागि बाह्य लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.