र्‍याली अफ हिमालयाजका विजेता साहलाई रोयल इन्फिल्डले गर्‍यो सम्मान

  २०८१ कार्तिक १४ गते १७:१४     विकासन्युज

काठमाडाैं । भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डीका विजेता राइडर दीपक साहलाई रोयल इन्फिल्डले सम्मान गरेको छ । बुधबार एक कार्यक्रमका साथ राइडर शाहलाई रोयल इन्फिल्ड नेपाल अल्फा अटोमोटीभबाट सम्मान गरिएकाे हो ।

भारतमा सम्पन्न र्‍याली अफ हिमालयाजको चौथो संस्करणअन्तर्गत ग्रुप डी अर्थात रोयल इन्फिल्ड क्लासमा नेपाली राइडर साह विजयी बनेका थिए । रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका उनलाई रोयल इन्फिल्ड नेपाल (अल्फा अटोमोटिभ) द्वारा ९५ हजार रुपैयाँ सहित सम्मान गरिएकाे हो ।

राइडर साहले असोज १६ गतेदेखि २० गतेसम्म भारतमा आयोजना भएको र्‍याली अफ हिमालयाजको चौथो संस्करणमा रोयल इन्फिल्ड हिमालयन ४११ चलाएर नेपालको प्रतिनिधित्व गरेका थिए । यो अफरोड मोटरस्पोर्ट इभेन्ट चुनौतीपूर्ण भू-भाग, अप्रत्याशित मौसम र हिमालयन मार्गहरूको लागि प्रसिद्ध छ ।

भारतको हिमाचल प्रदेशस्थित मनालीबाट रोहताङ पास, काजा र स्पिति भ्यालीसम्मको करिव ६ सय किलोमिटर दुरीमा सो प्रतियोगिता भएको थियो । सो अवसरमा कठिन भौगोलिक बनावट र करिव ४ हजार ५५१ किलोमिटर सम्म उचाइ भएको कुन्जुम पाससमेत राइडरहरूले पार गरेका थिए ।

हिमालयन एक्स्ट्रिम मोटरस्पोर्ट्सका चिफ तथा १२ पटक सम्मका रेड डी हिमालय तथा अन्य धेरै र्‍याली विजेता सुरेश रानाले राइडर साहलाई ट्रफी हस्तान्तरण गरे ।  

विश्व मोटरसाइकल फेडरेसन (एफआईएम) सँग आवद्ध भारतको संस्था फेडरेसन अफ मोटर स्पोर्ट्स क्लब अफ इन्डिया (एफएमएससीआई) मा रजिस्टर भएको सो इभेन्टमा एफआईएम तथा एफएमएससीआईको विभिन्न नियम पालना गर्नु आवश्यक हुन्छ । सो र्‍यालीमा टाइम, स्पिड र डिस्ट्यान्स (टीएसडी) का आधारमा विजेता छनोट गरिन्छ ।

सफलतापश्चात राइडर साहले भने,  ‘म यस प्रतिष्ठित इभेन्टमा नेपालको प्रतिनिधित्वका साथ विजयीसमेत बनेकोमा गौरवान्वित महसुस गरेको छु। रोयल इन्फिल्ड हिमालयन ४११ चलाउँदा म हिमालयको चुनौतीपूर्ण भू-भागको सामना गर्नको लागि आत्मविश्वास महसुस गरेको छु र म आफ्नो देशलाई मोटरस्पोर्टबाट विश्वभर चिनाउन चाहन्छु ।’

साहले सन् २०१७ र २०१८ मा समेत रेड डी हिमालयनमा भाग लिएका थिए । त्यसैगरी, २०२२ मा र्‍याली अफ चाम्बामा समेत सहभागी भएका थिए । उनी रोयल इन्फिल्ड क्याटागोरीमा सन् २०१८ को रेड डी हिमालय र र्‍याली अफ चाम्बाको विजयीसमेत भएका थिए ।

रोयल इन्फिल्ड हिमालयन ४११ यस्तो साहसिक यात्राको लागि उपयुक्त छ ।

रोयल इन्फिल्ड निरन्तर उत्पादनमा रहेको संसारको सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड हो । हिमालयन ४११ सबै प्रकारका भू-भागका लागि उपयुक्त सवारी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.