बीमा कम्पनीहरूले अब वार्षिक प्रतिवेदनमा खुलाउनु पर्नेछ यी ५२ विषय

  २०८१ कार्तिक १४ गते १८:३६     विकासन्युज

काठमाडाैं । बीमा कम्पनीहरूले वार्षिक प्रतिवेदनमा थप ५२ शीर्षकको बारेमा खुलासा गर्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणले मंगलबार कम्पनीहरूलाई वार्षिक प्रतिवेदनमा थप ५२ विषय खुलासा गर्न निर्देशन दिएको हो ।

प्राधिकरणले दिएको निर्देशनअनुसार अब बीमा कम्पनीहरूले आफ्नो दूरदृष्टि, अभियान तथा उद्देश्यअन्तर्गत दूरदृष्टि र अभियान, बीमकको समग्र रणनीति तथा लक्षहरू र मूल्य मान्यता तथा आचार संहिता, नैतिक सिद्धान्तहरूको बारेमा खुलाउनु पर्नेछ । यसैगरी, कम्पनीले संस्थागत संरचना लगायतको विवरण पनि खुलाउनु पर्नेछ ।

बीमकको दूरदृष्टि, अभियान तथा उद्देश्य 

(क) दूरदृष्टि र अभियान
(ख) बीमकको समग्र रणनीति तथा लक्ष्यहरू
(ग) मूल मान्यता, आचारसंहिता र नैतिक सिद्धान्तहरू

 बीमकको संस्थागत संरचना लगायतको विवरण 

(क) बीमकको संक्षिप्त विवरण
(ख) संचालकको विस्तृत विवरण
(ग) बीमकको संस्थागत तथा समूहगत संरचना
(घ) सञ्चालक समितिको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरमसम्बन्धी विवरण
(ङ) उप समितिहरूको संरचना, भूमिका, बैठक, उपस्थिति र कोरम सम्बन्धी  विवरण

 बीमकको बिजनेस मोडल 

(क) बीमकको बिजनेस मोडल सम्वन्धमा रेखाचित्रसहितको संक्षिप्त विवरण

(ख) बीमकको स्रोत, उपयोग क्षमता, दिगो प्रतिस्पर्धात्मक सवलता, मूल्य निर्माण लगायतका विषयमा विस्तृत व्याख्या
(ग) बीमकको पुँजीका मुख्य स्रोतहरू र तीनको आपसी अन्तरसम्बन्ध
(घ) बीमकको स्रोतको उपयोग तथा अन्य भावी कार्यक्रमसँग पुँजी योजनाको अन्तरसम्बन्ध

कार्यसम्पादनको समिक्षा तथा मुख्य सूचकाङ्क 

(क) बीमकको यस आर्थिक वर्ष तथा गत आवहरूको तुलनात्मक वित्तीय अवस्थाको झलक
(ख) बीमकको विभिन्न पोर्टफोलियो, बीमालेखहरू तथा मुख्य संस्थागत कार्यहरूको जानकारी
(ग) बीमकको मुख्य कार्यसम्पादन सूचकाङ्क

 रणनीतिक योजना र विकास 

(क) बीमकको अल्पकालिन, मध्यकालिन तथा दिर्घकालिन रणनीतिहरू र ती रणनीतिहरू हासिल गर्नका लागि बीमकले सुनिश्चित गरिएको स्रोतको विवरण
(ख) बीमाको विकास, बीमालेख तथा सेवा प्रवाह सम्बन्धमा बीमकको रणनीति

(ग) बीमकको दिगोपना सम्वन्धमा रणनीति तथा मापन गर्न सकिने लक्षहरू
(घ) बीमकको व्यवसायिक परिदृष्य, दृष्टिकोण तथा सम्भावनाहरूको संश्लेषण
(ङ) बाह्य वातवरणको बीमकको व्यवसायमा परेको असर

संस्थागत उत्तरदायित्व 

(क) बीमकले कर्मचारी कल्याण (स्वास्थ्य, सुरक्षा तथा कार्यवातवरण) सम्वन्धमा गरेका प्रयासहरू

(ख) राष्ट्रिय अर्थतन्त्रमा बीमकको योगदान (राजस्व भुक्तानी, कुल ग्राहस्थ उत्पादनमा योगदान, रोजगारी सृजना, सामाजिक विकासमा योगदान आदी

(ग) बीमकले दिगो बन्न र दिगो विश्वव्यापी अर्थतन्त्रमा योगदान पुर्‍याउनका लागि गरेका कार्यहरू
(घ) सामाजिक तथा वातावरणीय विकास तथा दिगोपनका लागि बीमकबाट भएका प्रत्यक्ष तथा अप्त्यक्ष प्रयासहरू
(ङ) बीमकले समाजिक उत्तरदायित्व सम्बन्धमा गर्नुपर्ने खुलासा

सुशासन र परिपालना 

(क) परिपालनासम्बन्धी संक्षिप्त विवरण
(ख) परिपालना नभएका विषयहरू र परिपालना गर्न नसक्नुको कारण
(ग) बीमकको सञ्चालक समितिको प्रभावकारीता लगायतका विषय समेटिएको अध्यक्षको प्रतिवेदन
(घ) उपसमितिहरूको मुख्य कार्यहरू तथा हासिल भएका उपलब्धी समेटिएको छुट्टाछुट्टै प्रतिवेदन
(ङ) बीमकको सञ्चालक समिति तथा उपसमितिको प्रभावकारीताको स्वमूल्याङ्कन तथा स्वमूल्याङ्कन गर्न
अपनाएको विधि

(च) व्यवस्थापनको प्रतिवेदन

(छ) बीमकका मुख्य नीति तथा अभ्यासहरू

जोखिम व्यवस्थापन र आन्तरिक नियन्त्रण 

(क) बीमकको जोखिम व्यवस्थापनसम्बन्धी नीति, जोखिम पहिचान तथा तिनको व्यवस्थापन गर्ने संयन्त्र
(ख) प्राधिकरणको निर्देशन बमोजिम जोखिम व्यवस्थापन सम्वन्धी अन्य खुलासा
(ग) प्राधिकरणको निर्देशन बमोजिम जलवायु परिवर्तन जोखिम सम्वन्धी खुलासा

(घ) बीमकको पुनर्बीमा नीति, महाविपत्ति पुनर्बीमाको पर्याप्तता लगायतका विषयमा गुणात्मक तथा मात्रात्मक विवरण
(ङ) बीमकको आन्तरिक नियन्त्रण प्रणालीसम्बन्धी फ्रेमवर्क
(च) बीमकको आन्तरिक नियन्त्रण प्रणालीको प्रभावकारीता सम्वन्धी विवरण
(छ) सूचना प्रविधिको प्रयोग तथा सोबाट सिर्जित  जोखिमको नियन्त्रण

वित्तीय विवरण र सोसम्बन्धी अन्य खुलासाहरू

(क) बीमकको वित्तीय विवरण सम्बन्धमा बीमकको वित्त प्रमुख वा लेखा प्रमुखको जिम्मेवारी सम्बन्धी प्रतिवेदन
(ख) बीमकले लेखाङ्कन गरेको बीमासम्बन्धी दायित्व पर्याप्त रहको सम्वन्धमा बीमाङ्कीको प्रतिवेदन
(ग) बाह्य लेखापरीक्षकको प्रतिवेदन
(घ) प्राधिकरणबाट स्वीकृत भएको वित्तीय विवरण
(ङ) बीमकको संवद्ध व्यक्ति वा संस्थाको विवरण तथा संवद्ध व्यक्ति वा संस्थासँग भएका कारोबारहरूको
विवरण
(च) बीमकको वित्तीय विवरण सम्वन्धी निर्देशन बमोजिम खुलासा गर्नुपर्ने विवरणहरू

(छ) सम्पत्ति तथा पुँजीको स्रोतको गुणस्तरको समिक्षा
(ज) बीमकको प्राधिकरणबाट वित्तीय विवरण स्वीकृत हुँदा लगाएका शर्तहरू तथा सो सम्बन्धमा बीमकको
सञ्चालक समितिको जवाफ
(झ) बीमकको चौथो त्रैमासिक अवधिको वित्तीय विवरण ( वासलात र नाफा नोक्सान हिसाब) र बीमकको
लेखापरीक्षण भएको वित्तीय विवरणबीचको फरकको विवरण

(ञ) बीमकको सोल्भेन्सी वित्तीय विवरण र एनएफआस वित्तीय विवरणको तरलनात्मक विवरण, सोल्भेन्सी गणना तथा उपलब्ध पुँजी सम्बन्धी विवरण

अन्य खुलासा

(क) सरोकारवालासँग अन्तरक्रिया तथा सूचना प्रवाह गर्न स्थापना गरिएको संयन्त्र
(ख) बीमित, लगानीकर्ता तथा अन्य सरोकारवालाहरूको गुनासो सम्बाेधन गर्ने सम्बन्धी संयन्त्र
(ग) बीमकको क्रेडिट रेटिङसम्बन्धी जानकारी

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.