साना कम्पनीमा उच्च प्रतिफल, इक्रा नेपालले ५७.३९ प्रतिशत लाभांश दिने

  २०८१ कार्तिक १५ गते ११:३८     विकासन्युज

काठमाडौं । इक्रा नेपाल लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको भदौ १८ गते बसेको बैठकले ५७.३९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको कर प्रयोजनसहित ५७.३९ प्रतिशतका दरले ४ करोड १३ लाख २५ हजार १७२ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

लाभांश पारित गर्न कम्पनीले १२औं वार्षिक साधारण सभा समेत आह्वान गरेको छ । कम्पनीले काठमाडौंको ठमेलस्थित एलोफ्टमा मंसिर ३ गते दिनको २ बजे साधारण सभा बोलाएको हो ।

कम्पनीको सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षबाट प्रस्तुत हुने आव २०८०/८१ को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पारित गर्नेछ ।

साथै, आर्थिक वर्ष २०८१//८२ को लागि लेखापरीक्षण गर्न लेखापरिक्षकको नियुक्ति गरी निजको पारिश्रमिक तोक्नेछ । वर्तमान लेखापरीक्षक पिकेएफ टि आर उपाध्या एण्ड कम्पनी पुनः नियुक्ति हुन सक्ने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.