२०८१ कार्तिक १८ गते ११:०९ विकासन्युज
काठमाडौं । तिहारलाई सेलरोटी र मिठाईको पर्व पनि भनिन्छ । यो बेला अघिपछिको भन्दा मिठाई बढी खाने गरिन्छ । सेलरोटी, फिनीलगायतका थरिथरिका खानेकुरा घरमै बनाइन्छ भने मिठाई भने अधिकांशले बजारमा किनेर खाने गर्छन् । दीपावलीको अवसरमा धेरै मिठाईहरू खाइन्छ र बाँडिन्छ, तर यो चाडमा खाइने मिठाईहरू धेरै अस्वस्थ हुन्छन् भन्ने कुरामा तपाईं सचेत हुनुपर्छ। र यसकारण पेट बिग्रने खतरा पनि धेरै बढ्छ ।
तर केही मिठाईहरू घरमै स्वस्थकर तरिकाले बनाउन सकिन्छ, घरमै बनाइएकाले स्वादिलो मात्र होइन, स्वस्थकर पनि हुन्छ । आउनूहोस् आज हामी तपाईलाई केही स्वस्थ मिठाईहरूको बारेमा बताउन जाँदैछौं, जुन तपाईंले घरमा बनाउन सक्नुहुन्छ र यी मिठाईहरूले तपाईंको स्वास्थ्यलाई हानी गर्दैनन् ।
नरिवलको लड्डु
दीपावलीको अवसरमा बाहिरबाट आउने अस्वस्थ्यकर मिठाईको सट्टा घरमै बनाइएको स्वादिष्ट र स्वस्थकर मिठाईहरू खुवाउन चाहनुहुन्छ भने नरिवलको लड्डू तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । पहिला नरिवललाई ग्राइन्डरको सहयोगले पिसेर धुलो बनाउनूहाेस् । त्यसपछि धुलाेमा दूध, घ्यू र चिनी हालेर प्यानमा राम्राेसँग पकाउनूहाेस् र कडा भएपछि लड्डू बनाउन सकिन्छ ।
बेसन बर्फी
यदि तपाईं मिठाईको स्वस्थ विकल्प खोज्दै हुनुहुन्छ भने चनाको बर्फी तपाईंको लागि धेरै राम्रो विकल्प हुन सक्छ । चनाको बर्फीलाई शुद्ध घ्यू र कम चिनीकाे मद्दतले बनाइन्छ भने यो धेरै स्वस्थ विकल्प हुन सक्छ । दीपावलीको अवसरमा बाहिरबाट महँगो मिठाई ल्याउनुको सट्टा घरमै यी स्वादिष्ट परिकार बनाउन सक्नुहुन्छ ।
सुजी बर्फी
स्वस्थ र स्वादिष्ट मिठाई विकल्पमा सुजीकाे बर्फी पनि समावेश छ र तपाईं यसलाई उपभोग गर्न सक्नुहुन्छ । सूजी बर्फी बनाउन पनि एकदमै सजिलो छ । यदि यसलाई शुद्ध घ्यू र कम मिठाईले बनाउनुभयो भने यसको स्वाद झनै बढ्छ र यो स्वास्थ्यको लागि पनि राम्रो विकल्प बन्न सक्छ ।
लाैकाको बर्फी
तपाईंलाई लौकाको तरकारी मन नपर्ला होला तर तपाईं लौकाबाट बनेको बर्फी एकदमै मन पराउनुहुनेछ । याे स्वास्थ्यको लागि पनि निकै फाइदाजनक हुनेछ । दूधको खुवा, उमालेको लौका, अलिकति शुद्ध घ्यू र कम चिनीले बनाइएको लौकीको बर्फी स्वस्थकर मात्र होइन, स्वादिलो पनि हुन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.