२०८१ कार्तिक २० गते ७:४५ विकासन्युज
काठमाडौं । एक सातापछि अमेरिकी डलरको मूल्य बढेको छ । साथै, आज अधिकांश विदेशी मुद्राको भाउ पनि बढेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.२९ रुपैयाँ र बिक्रीदर १३४.८९ रुपैयाँ तोकेको छ । युरोपियन यूरोको एकको खरिदर १४६.४० रुपैयाँ र बिक्रीदर १४७.०५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७४.०७ रुपैयाँ र बिक्रीदर १७४.८५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५५.५५ रुपैयाँ र बिक्रीदर १५६.२४ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.५७ रुपैयाँ र बिक्रीदर ८८.९७ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.५२ रुपैयाँ र बिक्रीदर ९६.९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०२.०० रुपैयाँ र बिक्रीदर १०२.४६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.८५ रुपैयाँ र बिक्रीदर ८.८९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.९३ रुपैयाँ र बिक्रीदर १९.०२ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.७५ रुपैयाँ र बिक्रीदर ३५.९१ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.८५ रुपैयाँ र बिक्रीदर ३७.०१ रुपैयाँ, थाई भाट एकको खरिददर ३.९८ रुपैयाँ र बिक्रीदर ४.०० रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.५६ रुपैयाँ र बिक्रीदर ३६.७२ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.७१ रुपैयाँ र बिक्रीदर ३०.८५ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.७८ रुपैयाँ र बिक्रीदर ९.८२ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.५८ रुपैयाँ र बिक्रीदर १२.६४ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.६३ रुपैयाँ र बिक्रीदर १९.७२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.२८ रुपैयाँ र बिक्रीदर १७.३५ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.४० रुपैयाँ र बिक्रीदर ४४०.३६ रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५६.२० रुपैयाँ र बिक्रीदर ३५७.७९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.