दशैंतिहार अगाडि ९० बढी कम्पनीले घोषणा गरे लाभांश

  २०८१ कार्तिक २० गते १६:२४     विकासन्युज

काठमाडौं । प्रतिफल पाउनैका लागि लगानीकर्ताले विभिन्न कम्पनीमा लगानी गर्छन् । आर्थिक वर्ष सकिएपछि कम्पनीहरूले सकेसम्म छिट्टै मुनाफा वितरण गरोस् भन्ने अपेक्षा अधिकांश लगानीकर्ताले गरेका हुन्छन् । साथै, आर्थिक वर्ष सकिएको केही महिनामै नेपालीहरूको पर्व दशैंतिहार पर्ने भएकाले दशैंतिहार अगावै आफूले लगानी गरेको कम्पनीले लाभांश (प्रतिफल) बाँडोस् भन्ने आशामा लगानीकर्ता हुन्छन् ।

साथै विशेषगरी पुँजी बजारमा सूचीकृत कम्पनीमा लगानीकर्ताहरूको चासो बढी हुन्छ । त्यसैले कुन कम्पनीले कति लाभांश वितरण गरेको छ भने लगानीकर्ताले सोधखोज गर्ने गर्छन् । यसपटक भने दशैंतिहार अगावै करिब तीन दर्जन सूचीकृत कम्पनीले आफ्ना सेयरधनीहरूलाई लाभांश बाँड्ने घोषणा गरेका छन् । पुँजी बजारमा सूचीकृत नभएका गरी हालसम्म ९० बढी कम्पनीले सेयरधनीलाई प्रतिफल बाँड्ने निर्णय गरेका हुन् । जसमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत ३४ वटा कम्पनी, म्युचुअल फण्ड २९ वटा र २७ वटा सूचीकृत नभएका गरी ९० बढी कम्पनी रहेका छन् ।

एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ११ अर्ब ७६ करोड ७९ लाख ३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद गरी कुल १५.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १४ अर्ब २० करोड ९ लाख रुपैयाँको ४ प्रतिशतका दरले ५६ करोड ८० लाख ३८ हजार ९६० रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२१ प्रतिशतका दरले २ करोड ९८ लाख ९६ हजार ७८७ रुपैयाँ नगद गरी कुल ४.२१ प्रतिशत अर्थात् ५९ करोड ७९ लाख ३५ हजार ७४७ रुपैयाँ लाभांश प्रस्ताव गरेको छ ।

स्ट्याण्डर्ड चार्टर्ड बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९ अर्ब ४२ करोड ९४ लाख रुपैयाँको ६.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १९ प्रतिशत नगद गरी कुल २५.५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नबिल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँको करसहित १० प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख रुपैयाँको करसहित ५ प्रतिशतका दरले ९७ करोड १ लाख २५ हजार ७८६ रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३६ अर्ब १२ करोड ८७ लाख रुपैयाँको ५.५ प्रतिशत बोनस सेयर प्रस्ताव गरेको छ ।

सानिमा बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १३ अर्ब ५८ करोड १५ लाख रुपैयाँको करसहित ५.२६३२ प्रतिशत नगत लाभांश प्रस्ताव पारित गर्नेछ ।

कामना सेवा विकास बैंकले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ३ अर्ब २८ करोड ११ लाख ६४ हजार रुपैयाँको ७ प्रतिशतका दरले २२ करोड ९६ लाख ८१ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशतका दरले १६ करोड ४० लाख ५८ हजार रुपैयाँ नगद गरी कुल १२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

ओरियण्टल होटल्स लिमिटेडले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब १२ करोड ८० लाख ९० हजार रुपैयाँको ५ प्रतिशतका दरले ५ करोड ६४ लाख ४ हजार रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले २९ लाख ६८ हजार रुपैयाँ बराबरको नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सोल्टी होटलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ९२ करोड ८९ लाख ५३ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित २६.८४ प्रतिशत नगद गरी कुल ३६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

विन्ध्यवासीनी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब ५ करोड रुपैयाँको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

सगरमाथा जलविद्युत कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १२ करोड रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

अपी पावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को खुद नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.१५ प्रतिशत नगद गरी कुल ३.१५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

रु रु जलविद्युत परियोजनाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९ प्रतिशत नगद गरी कुल १५.७८९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

मन्दाकिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद गरी कुल ५.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

सुपर मादी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी २ अर्ब १० करोड रुपैयाँको ५ प्रतिशतका दरले १० करोड ५० लाख रुपैयाँ बोनस सेयर र कर प्रयोजननका लागि ५५ लाख २६ हजार रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

साहस उर्जा कम्पनीले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी ३ अर्ब ५० करोड रुपैयाँको ८ प्रतिशत अर्थात् २८ करोड रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत अर्थात् १ करोड ४७ लाख ३६ हजार रुपैयाँ नगद गरी कुल ८.४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

भगवती हाइड्रोपावरले गत वर्षको नाफाबाट चुक्ता पुँजी ५७ करोड २० लाख ६४ हजार रुपैयाँको ४ प्रतिशत अर्थात् २ करोड २८ लाख ८२ हजार रुपैयाँ बोनस सेयर र १०.७३ प्रतिशत अर्थात् ६ करोड १४ लाख २१ हजार रुपैयाँ नगद गरी कुल १०.७३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

माण्डु हाइड्रोपावर कम्पनीले चुक्ता पुँजी १ अर्ब ३६ करोड ३६ लाख २७ हजार रुपैयाँको १२ प्रतिशत अर्थात् १६ करोड ३६ लाख ३६ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सुपरमाई हाइड्रोपावरले चुक्ता पुँजी ५० करोड रुपैयाँको ७ प्रतिशत अर्थात् ३ करोड ५० लाख रुपैयाँ बोनस सेयर र ५.६३ प्रतिशत अर्थात् २ करोड ८१ लाख ५० हजार रुपैयाँ नगद लाभांश (कर सहित) गरी कुल १२.६३ प्रतिशत लाभांश वितरण गर्ने भएको छ ।

हाथवे इन्भेष्टमेन्ट नेपालले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब २८ करोड ७० लाख रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

सीईडीबी हाइड्रोपावर कम्पनीले दुई आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी १ अर्ब ३ करोड ४२ लाख ३७ हजार रुपैयाँको ११ प्रतिशत बोनस सेयर जारी गर्ने प्रस्ताव गरेको छ ।

नेपाल ल्यूव आयलले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

युनिलिभर नेपालले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट सेयरधनीहरूलाई १ हजार ७१४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ३८ लाख २६ हजार रुपैयाँको ९ प्रतिशतका दरले ११ करोड १० लाख ४४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.४७ प्रतिशतका दरले ५८ लाख ४४ हजार रुपैयाँ नगद गरी कुल ९.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

नेशनल लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १ अर्ब १६ करोड ५५ लाख २१ हजार रुपैयाँको १४.२५ प्रतिशका दरले १६ करोड ६० लाख ८६ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले ८७ लाख ४१ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् १७ करोड ४८ लाख २८ हजार रुपैयाँ लाभांश वितरण गर्ने भएको छ ।

सपोर्ट लघुवित्त गत आर्थिक वर्ष २०८०/८१ को वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी १० करोड ७६ लाख १८ हजार रुपैयाँको १३.७७ प्रतिशतका दरले १ करोड ४८ लाख २४ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७२ प्रतिशतका दरले ७ लाख ८० हजार रुपैयाँ नगद गरी कुल १४.५० प्रतिशत अर्थात् १ करोड ५६ लाख ४ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

आरएसडिसी लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ९४ करोड ४३ लाख ५१ हजार रुपैयाँको ९.५० प्रतिशत बोनस सेयर र ०.५० प्रतिशत नगद गरी कुल १० प्रतिशत अर्थात् ९ करोड ४४ लाख ३५ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

फरवार्ड माइक्रोफाइनान्स लघुवित्तले गत आर्थिक वर्ष २०८१/८१ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी १ अर्ब ५ करोड ५५ लाख ६३ हजार रुपैयाँको १३.३९ प्रतिशतका दरले १४ करोड ३ लाख ८९ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७० प्रतिशतका दरले ७३ लाख ८८ हजार रुपैयाँ नगद गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

स्वावलम्बन लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजी १ अर्ब ४५ करोड रुपैयाँको १४.७५ प्रतिशतका दरले २० करोड ६६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशतका दरले १ करोड ८ लाख ७५ हजार नगद गरी कुल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

आशा लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी ६४ करोड १६ लाख १६ हजार रुपैयाँको १४.२५ प्रतिशतका दरले ९ करोड १४ लाख २० हजार रुपैयाँ बोनस सेयर र ०.२५ प्रतिशतका दरले ४८ लाख १२ हजार रुपैयाँ नगद गरी कुल १५ प्रतिशत अर्थात् ९ करोड ६२ लाख ४२ हजार रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

गुराँस लघुवित्तले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १० करोड १४ लाख रुपैयाँको १४.२५ प्रतिशतका दरले १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बोनस सेयर र ०.७५ प्रतिशतका दरले ७ लाख ६० हजार ५ सय रुपैयाँ नगद लाभांश प्रस्ताव गरेको छ ।

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँको १८.३८ प्रतिशतका दरले ७६ करोड ९० लाख ६५ हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

म्युचुअल फण्ड २९ वटा

मर्चेन्ट बैंकहरूले सञ्चालन गरिरहेका विभिन्न सामूहिक लगानी कोष (म्युचुअल फण्ड)हरूमध्ये २९ वटा म्युचुअल फण्डले गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेका भएका हुन् । पुँजी बजारमा ३६ वटा म्युचुअल फण्ड सूचीकरण भई कारोबारमा छन् । अझै ७ वटा म्युचुअल फण्डले आफ्ना इकाईधनीहरूलाई प्रतिफल वितरण गर्न बाँकी रहेको छ ।

लक्ष्मी सनराइज क्यापिटलले विभिन्न ४ वटा म्युचुअल फण्डका इकाईधनीहरूलाई प्रतिफल वितरण गरेको हो । क्यापिटलका अनुसार सनराइज फर्स्ट म्युचुअल फण्डले १२.५ प्रतिशत, सनराइज फोकस्ड इक्विटी फण्डले ४.५ प्रतिशत, लक्ष्मी उन्नति कोषले ७.५ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड २ ले ४.५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

यस्तै, एनआईसी एशिया क्यापिटलले विभिन्न ५ वटा म्युचुअल फण्डका इकाईधनीलाई गत वर्षको नाफाबाट प्रतिफल वितरण गरेको छ । एनआईसी एशिया सेलेक्ट–३० (इण्डेक्स फण्ड) ले १४ प्रतिशत अर्थात् १७ करोड ५० लाख रुपैयाँ, फ्लेक्सी क्याप फण्डले १०.५० प्रतिशत अर्थात् १० करोड ७१ लाख रुपैयाँ, डाइनामिक डेप्ट फण्डले १० प्रतिशत, ग्रोथ फण्डले ९.५० प्रतिशत अर्थात् ७ करोड ९३ लाख ४४ हजार रुपैयाँ र ब्यालेन्सड् फण्डले ९.२५ प्रतिशत अर्थात् ६ करोड ९८ लाख ३७ हजार ५ सय रुपैयाँ प्रतिफल वितरण गरेको हो ।

यस्तै, कुमारी क्यापिटलले कुमारी इक्वीटी फण्डका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ९ करोड ५० लाख रुपैयाँ र कुमारी धनवृद्धि योजनाका इकाईधनीहरूलाई ९.५० प्रतिशत अर्थात् ११ करोड ६३ लाख ८१ हजार ८९६ रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।

यस्तै, सानिमा क्यापिटलका सानिमा इक्विटी फण्डले १५ प्रतिशत, सानिमा लार्ज क्याप फन्डले १० प्रतिशत र सानिमा ग्रोथ फन्डले १० प्रतिशत नगद लाभांश वितरण गरेको हो । आरविवि मर्चेन्ट बैंकिङले आरविवि म्युचुअल फण्ड १ ले ३.८१ प्रतिशत अर्थात् ४ करोड ७५ लाख ७२ हजार ३२३ रुपैयाँ र आरविवि म्युचुअल फण्ड २ ले ८.७४ प्रतिशत अर्थात् ७ करोड ३९ लाख ४६ हजार रुपैयाँ नगद लाभांश वितरण गरेको हो ।

यस्तै, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गका नबिल फ्लेक्सी क्याप फण्डले ५ प्रतिशत अर्थात् ३ करोड १२ लाख १५ हजार रुपैयाँ र नबिल ब्यालेन्स्ड फण्ड २ ले ८ प्रतिशत, प्रभु क्यापिटलको प्रभु सेलेक्ट फण्डले १० प्रतिशत र प्रभु स्मार्ट फण्डले ८.५० प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

यस्तै, सिटिजन्स क्यापिटलका सिटिजन्स म्युचुअल फण्ड १ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फण्ड २ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० म्युचुअल फण्डले १० प्रतिशत, एनएमबि क्यापिटलका एनएमबि फिफ्टीले १५ प्रतिशत र एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड ३ले १० प्रतिशत प्रतिफल वितरण गर्ने भएका हुन् ।

सिद्धार्थ क्यापिटलको सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–३ ले ७ प्रतिशतका दरले ५ करोड ६४ लाख ६ हजार रुपैयाँ, एनआइएमबि एस क्यापिटलको एनआईविएल ग्रोथ फण्डका इकाईधनीहरूलाई ६.३५ प्रतिशत, ग्लोबल आइएमई क्यापिटलको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ले ५ प्रतिशत र हिमालयन क्यापिटलले हिमालयन ८०–२० ले ६ प्रतिशत नगद लाभांश वितरण गर्ने भएका हुन् ।

सूचीकृत नभएका कम्पनीको लाभांश

पुँजी बजारमा सूचीकृत नभएका विभिन्न कम्पनीले पनि गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट लाभांश वितरण गरेका छन् । एनआईसी एशिया क्यापिटलले चुक्ता पुँजीको ५२.५३ प्रतिशत, सिटिजन्स क्यापिटलले १५.१५ प्रतिशत (३ करोड १० लाख रुपैयाँ), मुक्तिनाथ क्यापिटलले ७.५ प्रतिशत, आरविवि मर्चेन्ट बैंकिङ्गले १८ प्रतिशत, सिद्धार्थ क्यापिटलले २५ प्रतिशत अर्थात् ५ करोड रुपैयाँ लाभांश वितरण गरेका हुन् ।

यस्तै, एनएमबि क्यापिटलले १७ प्रतिशत, सानिमा क्यापिटलले १२ प्रतिशत, हिमालयन क्यापिटलले ७ प्रतिशत, प्रभु क्यापिटलले ७.३६ प्रतिशत, कुमारी क्यापिटलले १५ प्रतिशत (६ करोड रुपैयाँ), लक्ष्मी सनराईज क्यापिटलले ७.५ प्रतिशत, नबिल इन्भेष्टमेन्ट बैंकिङ्गले ५ करोड ११ लाख ५७ हजार ८९४ रुपैयाँ नगद लाभांश वितरण गर्ने भएका हुन् ।

यस्तै, नबिल स्टक डिलरले ८ प्रतिशत नगद लाभांश, सिविआईएल सेक्युरिटिज (ब्रोकर नं ९१) ले चुक्ता पुँजीको ५.२६ प्रतिशत अर्थात् १ करोड ५ लाख २६ हजार ३१५ रुपैयाँ, सुनधारा सेक्युरिटिज (ब्रोकर नं ५२) ले ११ प्रतिशत नगद, क्यापिटल म्याक्स सेक्युरिटिज (ब्रोकर नम्बर ६२)ले ४ प्रतिशत र इम्पेरियल सेक्युरिटिज कम्पनी (ब्रोकर नं ४५) ले २५ प्रतिशत बोनस सेयर वितरण गर्ने भएका हुन् ।

यस्तै, केयर रेटिङ्गस नेपालले चुक्ता पुँजीको ६० प्रतिशत, इक्रा नेपालले ५७.३९ प्रतिशतका दरले ४ करोड १३ लाख २५ हजार १७२ रुपैयाँ नगद, नेक्सजेन म्यानेजमेन्ट सोलुसन्सले ५ प्रतिशत, बैंकिङ फाइनान्स एण्ड इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपालले चुक्ता पुँजी ४ करोड ९५ लाख रुपैयाँको १४.७४ प्रतिशत लाभांश वितरण गर्ने भएका हुन् ।

यस्तै, चार्टर्ड क्यापिटल एण्ड इन्भेष्टमेन्टले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट चुक्ता पुँजी १७ करोड २५ लाख रुपैयाँको ५ प्रतिशतका दरले ८६ लाख २५ हजार रुपैयाँ बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशतका दरले ४ लाख ५३ हजार रुपैयाँ नगद गरी कुल ५.२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

यस्तै, पूर्वाञ्चल ल्यूव आयलले ०.५२ प्रतिशत अर्थात् ३ करोड १५ लाख ७८ हजार रुपैयाँ, शिवम होल्डिङ्ग्सले चुक्ता पुँजी ४ अर्ब ६४ करोड रुपैयाँको २.५० प्रतिशत अर्थात् ११ करोड ६० लाख रुपैयाँ, मारूती सिमेन्ट्सले ४ प्रतिशत, आशुतोष इनर्जीले ५.२६३ प्रतिशत अर्थात् २ करोड ५२ लाख ६३ हजार रुपैयाँ, सानिमा लिमिटेडले ७५.७४ प्रतिशत, मेडिकेयर हस्पिटलले १५ प्रतिशतका दरले ६ करोड ७५ लाख रुपैयाँ नगद लाभांश वितरण गर्ने भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.