२०८१ कार्तिक २० गते १५:१७ विकासन्युज
काठमाडौं । तिहार बिदापछि खुलेको पहिलो दिन सेयर बजारमा ४ अर्ब बढीको कारोबार भएको छ । मंगलबार ३०२ कम्पनीको ९७ लाख १३ हजार ७३० कित्ता सेयर ४७ हजार ५१५ पटक खरिदबिक्री हुँदा ४ अर्ब २० करोड ५५ लाख ५ हजार रुपैयाँ बराबरको कारोबार भएको हाे ।
आज दुई कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । सुपर माइ हाइड्रोपावर कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ भने मिड सोलु हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । सुपर माइको सेयर मूल्य १० प्रतिशत अर्थात् १०३.७० रुपैयाँ बढेर १ हजार १४०.७० रुपैयाँ पुगेको छ भने मिड सोलुको सेयर मूल्य १० प्रतिशत अर्थात् १०६.१० रुपैयाँ घटेर ९५५.४० रुपैयाँमा झरेको छ ।
मंगलबार नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । यस कम्पनीको २९ करोड ९० लाख रुपैयाँ बराबरको कारोबार भएको हाे । यस्तै, सानिमा जीआईसी इन्स्योरेन्सको १६ करोड ११ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सको १५ करोड ८४ लाख रुपैयाँ, आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ११ करोड ६१ लाख रुपैयाँ र समृद्धि फाइनान्सको ११ करोड ६० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
मंगलबार फाइनान्स समूह ०.२० प्रतिशत, होटल तथा पर्यटन समूह ०.८२ प्रतिशत, जलविद्युत समूह ०.७७ प्रतिशत, जीवन बीमा समूह ०.३९ प्रतिशत, म्युचुअल फण्ड समूह ०.०३ प्रतिशत, निर्जीवन बीमा समूह १.०६ प्रतिशत र अन्य समूह ०.२४ प्रतिशत बढेको छ भने बैंकिङ समूह ०.८१ प्रतिशत, विकास बैंक समूह ०.४८ प्रतिशत, लगानी समूह ०.०४ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ०.२९ प्रतिशत, लघुवित्त समूह ०.०७ प्रतिशत र व्यापार समूह ०.७४ प्रतिशत घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.२१ अंक घटेर २ हजार ६७७.४० अंकमा बन्द भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.