२०८१ कार्तिक २० गते १६:५९ विकासन्युज
काठमाडौं । सिप्रदी ट्रेडिंगले १० वटा बस हस्तान्तरण गरेको छ । कम्पनीले रुपन्देहीमा एक कार्यक्रमको आयोजना गर्दै टाटा एलपीओ १६२२/६२ मेग्ना बसहरू त्रिशक्ति पशुपति दर्शन यातायातलाई हस्तान्तरण गरेको हो ।
त्रिशक्ति पशुपति दर्शन यातायात प्रालि पश्चिम नेपाल बस व्यवसायी प्रालि र भेरी यातायात जस्ता दुई ठूला समितिको सहकार्यमा सञ्चालनमा आएको हो ।
कम्पनीबाटै जडान गरेर आएको ४४ वटा अल्ट्रा लग्जरी फ्युचुरा सिट र एसी सहितको यो गाडी पहिलो चरणमा लुम्बिनी प्रदेश देखि दिल्ली सम्मको अन्तरदेशीय यात्राको लागि सञ्चालनमा आउने कम्पनीको भनाइ छ ।
‘टाटा एलपीओ १६२२/६२ मेग्ना बसमा अत्याधुनिक प्रविधि र बीएस६ मानक प्रयोग भएको छ, जसले यसलाई वातावरणमैत्री बनाउँछ । विशेष फिल्टरले कण उत्सर्जन घटाउँछ, र आधुनिक इन्जिन डिजाइनले इन्धन खपतलाई प्रभावकारी बनाउँछ,’ कम्पनीले मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
कम्पनीकाअनुसार बीयस६ गाडीमा ओबीडी प्रणालीले इन्जिन र उत्सर्जन समस्याहरू सजिलै पत्ता लगाउँछ । एससीआर प्रणालीले नाइट्रोजन अक्साइड उत्सर्जन कम गर्छ । यी गाडीहरू स्वच्छ, उच्च गुणस्तरको इन्धनमा चल्छन्, जसले प्रदूषण घटाउँछ र कार्यक्षमता बढाउँछ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.