२०८१ कार्तिक २१ गते ८:०९ विकासन्युज
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयर बिक्रीमा राखिएको छ । लघुवित्त संस्थाको संस्थापक समूहको ४४ हजार १४३ कित्ता सेयर बिक्रीमा राखिएको हो ।
लघुवित्तले उक्त संस्थापक सेयरको मूल्य प्रतिकित्ता ५६७ रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले सो मूल्य वा सोभन्दा बढी मूल्य तोकि आवेदन दिनुपर्ने हुन्छ ।
सो मूल्यका आधारमा लघुवित्तले २ करोड ५० लाख २९ हजार रुपैयाँ बढीको सेयर बिक्रीमा राखेको हो ।
लघुवित्तको उक्त सेयरमा सर्वसाधारण जोकोही लगानीकर्ताले आवेदन दिन सक्नेछन् । बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्ने हुन्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.