२०८१ कार्तिक २१ गते १६:४५ विकासन्युज
काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको ४७ औं राष्ट्रपति बनेका छन् । रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पले डेमोक्र्याटिक्स पार्टीकी उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै राष्ट्रपति बनेका हुन् । निर्वाचन आयोगले भने आधिकारिक घोषणा गर्न बाँकी नै छ ।
राष्ट्रपतिमा ट्रम्पको इलेक्टोरल भोट २७९ पुगेको छ । जबकि राष्ट्रपतिमा निर्वाचित हुनका लागि २७० इलेक्टोरल भोट भए पुग्छ ।
जित निश्चित भएपछि ट्रम्पले आफ्ना समर्थकलाई सम्बोधन गर्दै धन्यवाद दिएका थिए । उनले अमेरिकाले पुन एकपटक जितेको बताए ।
राष्ट्रपतिको निर्वाचनसँगै अमेरिकी संसद्को दुबै सदन सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभमा ट्रम्पको पार्टी रिपब्लिकनले अग्रता बनाएको छ । यस्तोमा सिनेटमा भने ट्रम्पको पार्टीले बहुमतसहितको जित निकालेको छ ।
सन् २०१६ मा पहिलो कार्यकाल राष्ट्रपति बनेका ट्रम्प सन् २०२० मा डेमोक्रेटिकका उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए ।
अहिले ट्रम्प तेस्रो पटक चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.