मिथिलासहित मधेसका जिल्लाहरूमा छठको रौनक

  २०८१ कार्तिक २१ गते १५:०६     विकासन्युज

काठमाडौं । मिथिलासहित तराई/मधेसका जिल्लाहरूमा छठको तयारी अन्तिम चरणमा पुगेको छ । जनकपुरधामसहितका तराईका क्षेत्रमा छठ पर्वको रौनक सुरु भएको हो ।

जनकपुर धाममा छठका लागि फलफूल र मिठाइ किन्नेहरूको भीड देख्न सकिन्छ । साथै छठका लागि चाहिने आवश्यक सामग्री खरिद गर्नेहरुको भीड पनि त्यत्तिकै रहेको छ । चार दिनसम्म मनाईने छठ पर्वको पहिलो दिन व्रतालुहरू नुहाएर अरबा अरबाईन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दुध मिलाएर बनाएको खिर ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.