बजार घट्दा पनि २ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट

  २०८१ कार्तिक २१ गते १५:१३     विकासन्युज

काठमाडाैं । सेयर बजार परिसूचक (नेप्से) बुधबार सामान्य अंकले घटेको छ । नेप्से १.८८ अंकले घटेर २ हजार ६ सय ७५.५१ अंकमा झरेको हाे ।

यस दिन जम्मा ५ अर्ब २२ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

आज १२१ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

बजार घट्दा पनि आज नारायाणी डेभलपमेन्ट बैंक र बलेफि हाइड्रोपावरको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । नाराणयाीको सेयर मूल्य १० र बलेफिको सेयर मूल्य ९.९८ प्रतिशतले वृद्धि भएको छ । कुथेलि बुथेली स्मल हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटको छ । सो कम्पनीको सेयर मूल्य ९.५५ प्रतिशतले घटेको छ ।

यस दिन नेपाल फाइनान्सको सेयर सर्वाधिक कारोबार भएको छ । सो कम्पनीको सेयर ३५ करोड ३८ लाख रुपैयाँ बढीको कारोबार भएको छ भने पिपुल्स हाइड्रोपावरको सेयर २३ करोड ९४ लाख रुपैयाँको कारोबार भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.