२०८१ कार्तिक २२ गते १८:३३ विकासन्युज
काठमाडौं । विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको कुल सम्पत्ति २९० अर्ब डलर पुगेको छ । तर, दान गर्ने हिसाबले उनी विश्वको दशौं स्थानमा छन् । टाटा समूहका संस्थापक जमशेदजी टाटा यस सूचीमा पहिलो नम्बरमा छन् ।
अहिलेको महँगाईलाई एडजस्ट गरेर हेर्ने हो भने जमशेदजी टाटाले आफ्नो जीवनमा लगभग १०२.४ बिलियन डलर दान गरेका थिए । ३ मार्च १८३९ मा गुजरातको एक पारसी परिवारमा जन्मेका जमशेदजी टाटाले भारतलाई औद्योगिक राष्ट्र बनाउनमा महत्त्वपूर्ण भूमिका खेलेका थिए ।
उनले सन् १८६८ मा टाटा समूह स्थापना गरेका थिए, जुन आज भारतकाे सबैभन्दा ठूलो औद्योगिक घराना हो । टाटा समूहका ३० भन्दा बढी कम्पनीहरू छन् र यसको व्यवसाय विश्वभर फैलिएको छ ।
जमशेदजी टाटाले आफ्नो परिवारमा परोपकार र सामाजिक उत्तरदायित्वको संस्कृतिलाई बढावा दिए । उनका छोरा दोराबजी टाटा र रतनजी टाटाले यो विरासतलाई अगाडि बढाए । आज पनि टाटा परिवार धेरै प्रकारका परोपकारी कार्यहरूमा संलग्न छ । तीमध्ये शिक्षा र स्वास्थ्य प्रमुख हुन् ।
टाटा समूहको होल्डिङ कम्पनी टाटा सन्सको ६६ प्रतिशत टाटा ट्रस्टको स्वामित्वमा छ । टाटाले बनाएका संस्थाहरूबाट आज लाखौं मानिस लाभान्वित भइरहेका छन् ।
भारतका अजिम प्रेमजी सबैभन्दा धेरै दान गर्ने व्यक्तिको सूचीमा पाँचौं स्थानमा छन् । विप्रोका संस्थापकले हालसम्म २१ अर्ब डलर दान गरिसकेका छन् ।
सबैभन्दा ठूला दाता
धेरै दान दिनेकाे सूचीमा माइक्रोसफ्टका संस्थापक बिल गेट्स दोस्रो स्थानमा छन् । उनले ७५.८ बिलियन डलर दान गरेका छन् ।
प्रसिद्ध अमेरिकी लगानीकर्ता वारेन बफेटले ३२.१ बिलियन डलर र जर्ज सोरोसले ३२ बिलियन डलर दान गरेका छन् ।
यसैगरी, अमेजनका संस्थापक जेफ बेजोसकी पूर्व पत्नी म्याकेन्जी स्कटले १४ अर्ब डलर दान गरेकी छन् । त्यस्तै, माइकल ब्लूमबर्गले १२.७ बिलियन डलर, ली का-शिंगले १०.७ बिलियन डलर, एन्ड्रयू कार्नेगीले ९.५ बिलियन र एलोन मस्कले ७.६ बिलियन डलर दान गरेका छन् । (एजेन्सीको सहयोगमा)
Billionaires who donated their wealth to charity:
🇮🇳 Jamsetji Tata: $102.4 Billion donated
🇺🇲 Bill Gates: $75.8 Billion
🇺🇲 Warren Buffett: $32.1 Billion
🇺🇲 George Soros: $32 Billion
🇮🇳 Azim Premji: $21 Billion
🇺🇲 MacKenzie Scott: $14 Billion
🇺🇲 Michael Bloomberg: $12.7 Billion…— World of Statistics (@stats_feed) November 6, 2024
Copyright © 2024 Bikash Media Pvt. Ltd.