अमेरिकी डलरले बनायो नयाँ रेकर्ड, यूरो र पाउण्डको मूल्यमा वृद्धि

  २०८१ कार्तिक २३ गते ७:०४     विकासन्युज

काठमाडौं । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित भएसँगै डलरको मूल्यले नयाँ उचाइ कायम गरेको छ । बिहीबार अमेरिकी डलरको भाउ हालसम्म कै उच्च बिन्दुमा पुगेको डलरको भाउ शुक्रबार उक्त थप बलियो बनेको हो । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७० रुपैयाँ र बिक्रीदर १३५.३० रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो । यसअघि हिजो अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.५४ रुपैयाँ र बिक्रीदर १३५.१६ रुपैयाँ तोकेको थियो ।

अमेरिकी डलरको मूल्य लगातार उकालो लाग्दा मुलुकको अर्थतन्त्रमा समेत नकारात्मक असर पर्छ । विप्रेषण आप्रवाहमा सकारात्मक प्रभाव पर्ने भए पनि अन्य क्षेत्रमा भने नकारात्मक असर पर्नेछ । मूल्य वृद्धिका अलावा, विदेशी परामर्शदार्तालाई दिनुपर्ने भुक्तानी, राज्यले विदेशी दातृ निकायलाई तिर्नुपर्ने ऋणको सावा तथा ब्याजको भुक्तानीमा समेत नकारात्मक असर पर्नेछ ।

आज युरोपियन यूरोको एकको खरिदर १४४.९४ रुपैयाँ र बिक्रीदर १४५.५९ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७३.८८ रुपैयाँ र बिक्रीदर १७४.६५ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५३.६९ रुपैयाँ र बिक्रीदर १५४.३७ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.३३ रुपैयाँ र बिक्रीदर ८९.७२ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.९७ रुपैयाँ र बिक्रीदर ९७.४० रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १०१.५० रुपैयाँ र बिक्रीदर १०१.९६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.८० रुपैयाँ र बिक्रीदर १८.८९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८६ रुपैयाँ र बिक्रीदर ३६.०२ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९६ रुपैयाँ र बिक्रीदर ३७.१२रुपैयाँ, थाई भाट एकको खरिददर ३.९३ रुपैयाँ र बिक्रीदर ३.९५ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६७ रुपैयाँ र बिक्रीदर ३६.८४ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.५९ रुपैयाँ र बिक्रीदर ३०.७३ रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६६ रुपैयाँ र बिक्रीदर ९.७० रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.४७ रुपैयाँ र बिक्रीदर १२.५३ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.४४ रुपैयाँ र बिक्रीदर १९.५२ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.९५ रुपैयाँ र बिक्रीदर ४४०.९० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.३० रुपैयाँ र बिक्रीदर ३५८.८९ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.