हकप्रदको रकम जम्मा गर्न सञ्चालक र ठूला सेयरधनीलाई लिवर्टीको ताकेता

  २०८१ कार्तिक २३ गते ८:२१     विकासन्युज

काठमाडौं । लिवर्टी इनर्जीले सञ्चालक लगायत ठूला सेयरधनीहरूलाई हकप्रद सेयर बापतको रकम जम्मा गर्न निर्देशन दिएको छ । हकप्रद सेयरबापत आफ्नो हकमा पर्न आएको रकम समयमै जम्मा गर्न भनेको हो ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँको ५० प्रतिशत अर्थात् १ः०.५० को अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने तयारीमा छ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले कम्पनीलाई ७५ करोड रुपैयाँ बराबरको प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ७५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिइसकेको छ ।

सर्वसाधारण सेयरधनीहरूलाई आवेदन खुल्ला गर्नुपूर्व संचालक लगायत आधारभूत (चुक्ता पूँजीको १ प्रतिशत र सो भन्दा बढी सेयर धारण गर्ने) सेयरधनीहरूले आफुले लिनुपर्ने हकप्रद सेयर वापतको रकम बुझाउनु पर्ने व्यवस्था छ । सोही व्यवस्था बमोजिम आफ्नो स्वामित्वमा पर्न आएको हकप्रद सेयर बापतको प्रतिकित्ता १ १ सय रुपैयाँ अंकित मूल्य दरले दरले हुन आउने रकम जम्मा गर्न आग्रह गरेको हो ।

कम्पनीले कात्तिक २९ गतेभित्र कम्पनीमा सम्पर्क गरी उक्त रकम जम्मा गर्न सेयरधनीहरूलाई अनुरोध थरेको हो । यदि कुनै सञ्चालक लगायत आधारभुत सेयरधनीहरुबाट हकप्रद सेयरको लागि आवेदन सहितको रकम प्राप्त नभएमा नियमानुसार हुने कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.