ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’ मा विल्सको चयन

  २०८१ कार्तिक २३ गते १६:५८     विकासन्युज

काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपतिमा निर्णायक विजय हासिल गरेपछि बिहीबार मन्त्रिमण्डलका पहिलो सदस्यको नियुक्तिको घोषणा गरेका छन् ।

उनले रुसी नेता भ्लादिमिर पुटिनसँग कुरा गरेर निवर्तमान प्रशासनको नीतिलाई तोड्ने आफ्नो मनसाय रहेको संकेत गरेका छन् ।

अमेरिकी राष्ट्रपति निर्वाचित ट्रम्पले आफ्नो चुनावी अभियानका व्यवस्थापक सुसी विल्सलाई ह्वाइट हाउसको ‘चिफ अफ स्टाफ’को रूपमा काम गर्नेगरी जिम्मेवारी तोकेका हुन् ।

डेमोक्र्याटिक नेता तथा अमेरिकी वर्तमान उपराष्ट्रपति कमला ह्यारिसलाई पराजित गर्ने ट्रम्पको विजयले चुनावको दुई दिनमा नै र ह्वाइट हाउस फर्कनुभन्दा साढे दुई महिनाअघि नै अमेरिकी र विश्व राजनीतिमा तरङ्ग पैदा गरेको छ ।

रुसी राष्ट्रपति पुटिनले गत जुलाईमा भएको एक र्‍यालीमा हत्याको प्रयासपछि ट्रम्पले आफूलाई सम्हाल्ने तरिकाका लागि ‘साहसी’ भएको भन्दै प्रशंसा गरेका थिए ।

अरबपति ट्रम्पले पछि एनबीसी न्यूजसँग भनेका थिए, ‘मैले मलाई वर्षौंदेखि बारम्बार प्रशंसा गर्दै आएका पुटिनसँग ऐलेसम्म कुरा गरेका छैन । मलाई लाग्छ हामी कुरा गर्नेछौं ।’

सन् २०२२ मा रुसले युक्रेनमाथि आक्रमण गरेयता बाइडेन र पुटिनबीच कायम रहेको चीसो सम्बन्धबाट यो भूकम्पीय परिवर्तन हो र ट्रम्पले किएभलाई अमेरिकी समर्थनको आलोचना गरेको छ ।

अमेरिकाका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यसअघि उक्त द्वन्द्वमा शान्ति सम्झौता गर्ने बताएका थिए तर युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बुधबार ट्रम्पसँग कुरा गर्दै युद्धविरामको आह्वान ‘खतरनाक’ भएको बताएका थिए ।

चिनियाँ राष्ट्रपति सी चिनफिङ यसअघि ट्रम्पलाई बधाई दिने विदेशी नेताहरूको सूचीमा सामेल भइसकेका छन् ।

ह्यारिसले चुनाव अभियानका क्रममा तानाशाहसँग धेरै मित्रवत व्यवहार गरेको भन्दै आलोचना गरेका थिए ।

ट्रम्पले कागजातविहीन आप्रवासीलाई सामूहिक रूपमा देश निकाला गर्ने आफ्नो योजनालाई दोब्बर बनाउँदै यसको ‘कुनै विकल्प नभएको’ एनबीसीसँग बताएका छन् ।

ट्रम्पले फ्लोरिडास्थित आफ्नो रिसोर्टमा आफ्नो ट्रान्जिसन टिममा काम गर्न थालेपछि बाइडेनले शान्तिपूर्ण र ‘व्यवस्थित’ तरिकाले सत्ता हस्तान्तरण गर्ने प्रतिबद्धता जनाएका थिए ।

सन् २०२० को चुनावमा ट्रम्पले आफ्नो पराजय स्वीकार्न इन्कार गरेको भएपनि यसको विपरीत ८१ वर्षीय अमेरिकी राष्ट्रपति बाइडेनले अमेरिकीहरूलाई ‘तापक्रम घटाउन’ आग्रह गरेका थिए ।

डेमोक्र्याट नेताले ट्रम्पलाई ह्वाइट हाउसमा वार्ताका लागि निमन्त्रणा गरेका छन् । तर बाइडेनका प्रवक्ताले भने ट्रम्पको टोलीले कानुनी सङ्क्रमण प्रक्रिया सुरु गर्न अनुमति दिने महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर नगरेको बताएका छन् ।

यद्यपि बाइडेनले आफ्नो उमेरको बावजुद दोस्रो कार्यकालका लागि चुनाव लड्ने प्रारम्भिक निर्णय जुलाईमा अन्तिम समयमा पद छोड्नुअघि र उपराष्ट्रपति ह्यारिसलाई बागडोर सुम्पिनुभन्दा पहिले नै पार्टीमा औंला उठिसकेको छ ।

ह्वाइट हाउसले बाइडेनलाई कुनै पछुतो नभएको बताएको छ ।

अर्थतन्त्र र आप्रबासी समस्यालाई लिएर व्यक्त भएका मतदाताको चिन्ताले ट्रम्पको जितलाई प्रेरित गरेको छ ।

ट्रम्पको पहिलो क्याबिनेट चयन वाइल्सलाई उनको टोलीमा व्यापक समर्थन प्राप्त छ र बुधबार बिहान उनको विजय भाषणको क्रममा विशेष गरी स्टेजमा बोलाइएको थियो ।

ट्रम्पले भने, ‘सुसी कडा, स्मार्ट, नयाँ हुनुहुन्छ, विश्वव्यापी रूपमा उहाँलाई प्रशंसा र सम्मान छ। सुसीले अमेरिकालाई फेरि महान बनाउन अथक प्रयास जारी राख्नुहुनेछ ।’

ट्रम्पले बाइडेनद्वारा हस्ताक्षरित धेरै नीतिहरूलाई उल्ट्याउने अपेक्षा गरिएको छ । रासस