मेरो माइक्रोफाइनान्स लघुवित्त १३औं वर्षमा प्रवेश, १३.८५ अर्ब कर्जा लगानी

  २०८१ कार्तिक २६ गते ७:५४     विकासन्युज

काठमाडौं । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था १२ वर्ष पूरा गरि आजदेखि १३औं वर्षमा प्रवेश गरेको छ । स्थापनाको १२ वर्ष पूरा गरी १३औँ वर्षमा प्रवेश गरेको अवसरमा संस्थाले विभिन्न कार्यक्रमको आयोजना गर्ने भएको छ ।

विभिन्न ७ वटा बाणिज्य बैंक र १ विकास बैंकको प्रवद्र्धनमा वि.सं २०६९ साल कात्तिक २६ गते राष्ट्रियस्तरको लघुवित्त संस्थाको रुपमा स्थापना भएको हो । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको यस संस्थाले ग्राहक सुहाउँदो बचत तथा कर्जा सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

यस लघुवित्तलेले देशका ६४ जिल्लामा छरिएर रहेका १४९ शाखाहरुबाट करिब १ लाख ६० हजार ग्राहकहरुलाई उच्च स्तरीय लघुवित्त सेवा सरलिकृत तवरले प्रदान गर्दै आईरहेको छ ।

हालसम्म ११ अर्ब ७६ करोड बराबर निक्षेप तथा सापटी लिई १३ अर्ब ८५ करोड रुपैयाँभन्दा बढी कर्जा लगानी गर्न सफल रहेको देखिन्छ ।

संस्थाले कर्जातर्फ बिना धितो, सामूहिक जमानी कर्जा र धितो कर्जा अन्तर्गत विभिन्न किसिमका कर्जा सेवाहरुका साथै बीमा र रेमिटान्स सेवा प्रवाह गर्दै आइरहेको छ । संस्थाले आफ्ना ग्राहकहरुको आवश्यकतालाई ध्यानमा राखी प्रविधिमैत्री लघुवित्त सेवा प्रदान गर्दै लैजाने क्रममा मोबाइल बैंकिङ, एसएमएस बैकिङ लगायतका सेवा प्रदान गरिरहेको छ ।

लघुवित्तको चुक्ता पुँजी १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । लघुवित्तको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को भूमिकामा रामहरी दाहाल छन् भने अध्यक्षको भूमिकामा सुमित बाबु खत्री रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.