२०८१ कार्तिक २६ गते १७:१० विकासन्युज
काठमाडौं । नेपालको पहिलो फुड डेलिभरी कम्पनी फुडमाण्डुले फुडमाण्डु वानमार्ट सार्वजनिक गरेको छ । आफ्नो १४ औं वार्षिकोत्सव मनाउँदै फुडमाण्डुले वानमार्ट सार्वजनिक गरेको हो ।
सन् २०१० मा स्थापना भएको फुडमाण्डु अहिले काठमाडौं, पोखरा र चितवनमा स्थापित भइसकेको छ ।
फुडमाण्डु वानमार्टको सुरुवातसँगै अब फुडमाण्डुले ग्राहकलाई ग्रोसरीलगायत दैनिक आवश्यक वस्तुहरू पनि घरमै डेलिभरी गरिनेछ । अब ग्राहकहरूले फुडमाण्डु एपबाट ७०० भन्दा बढी वस्तुको तुरुन्तै र भरपर्दो डेलिभरी पाउनेछन् ।
हालको लागि यो सेवा गैरीधाराबाट ३ किलोमिटरको दायराभित्र पर्ने महाराजगञ्ज, धुम्बाराही, बालुवाटार र मैतीदेवीजस्ता क्षेत्रहरूमा उपलब्ध छ भने छिट्टै नै यो सेवा काठमाडौं उपत्यकाभरि विस्तार गरिने कम्पनीले जनाएको छ ।
फुडमाण्डुका संस्थापक तथा प्रबन्ध निर्देशक मनोहर अधिकारीले ग्राहकवर्गको आवश्यकताअनुसार वानमार्ट सार्वजनिक गरेकाे बताए ।
साथै वार्षिकोत्सवको अवसरमा फुडमाण्डुले ‘फ्यान्टास्टिक १४’ नामक सेल्स क्याम्पेनको सुरुवात गर्दै ७०% सम्मको छुट प्रदान गर्ने भएको छ ।
यस क्याम्पेनमा ग्राहकलाई फ्ल्याट डिस्काउन्ट, कम्बो अफर, बाई वान गेट वान डिल, क्याटेगोरी क्रन्च, फोर्टिन बाइट्स प्लेटर, फोर्टिन डेज- फोर्टिन मेगा अफर र फोर्टिन्थ आवर सेल्स जस्ता आकर्षक अफरहरू उपलब्ध हुनेछन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.