२०८१ कार्तिक २६ गते १८:२४ विकासन्युज
काठमाडौं । सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइन सम्बन्धी लाल आयोगको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबारको मन्त्रिपरिषद् बैठकले प्रतिवेदन सार्वजनिक गर्न स्वीकृति दिएसँगै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले सोमबार साँझ पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।
आइतबारको मन्त्रिपरिषद् बैठकले गत पुष २४ को निर्णय अनुसार सर्वोच्च अदालतका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपभोग गर्ने ग्राहकको विद्युत महसुलसम्बन्धी विवाद समाधानका लागि गठित जाँचबुझ आयोगको गत बैशाख २३ मा पेश भएको प्रतिवेदन सार्वजनिक गर्न उर्जा मन्त्रालयलाई स्वीकृति दिने निर्णय गरेको थियो ।
नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइन विवादमा बिलिङ गर्दा हिसाब नै गडबड गरेको निष्कर्ष लाल आयोगको प्रतिवेदनले निकालेको छ । प्राधिकरणले छुट बिल र नियमित बिल मिसमास गरी हिसाब नै गडबड गरेको प्रतिवेदनमा उल्लेख छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.