२०८१ कार्तिक २७ गते ११:१४ विकासन्युज
काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेड र एइसी ग्लोबल प्राइभेटबीच सम्झौता भएको छ ।
बैंक र एइसी ग्लोबल प्राइभेटबीच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रुपमा प्रदान गर्ने सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
उक्त सम्झौता पत्र बैंकका तर्फबाट प्रमूख कर्जा अधिकृत अर्जून नेपाल र एइसीसीका तर्फबाट निर्देशक अजित सिङबीच आदान प्रदान भएको थियो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ ।
सो कार्यक्रममा बैंक तथा एइसीसीका अन्य पदाधिकारीहरू समेतको उपस्थिति थियो ।
हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.