हरिबोधनी एकादशीमा बुढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

  २०८१ कार्तिक २७ गते १४:०६     विकासन्युज

काठमाडौं । हरिबोधनी एकादशी मनाउन काठमाडौंको बुढानीलकण्ठमा मंगलबार भक्तजनको भीड लागेको छ । आज बिहानैदेखि बुढानीलकण्ठमा भक्तजनहरूको भीड देख्न सकिन्छ । भगवान नारायणको पूजा, उपासना गरी तुलसी र दामोदरको विवाह गरेर हरिबोधनी एकादशी मनाउने गरिन्छ ।

आज काठमाडौंको बुढानीलकण्ठ, चाँगुनारायण, विशंकुनारायण, शेषनारायण, इचंगुनारायणमा र पशुपतिनाथलगायतमा विशेष मेला लागेको छ । हरिशयनी एकादशीदेखि हरिबोधनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा आराधना गर्दछन् ।

आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु ब्युँझिने भएकाले आजको एकादशीलाई हरिबोधिनी वा प्रवोधिनी एकादशी पनि भनिन्छ ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.