दूरसञ्चार तालिम केन्द्र बाहिर धर्ना दिने जनशक्तिसँग टेलिकमको कुनै सरोकार छैन : नेपाल टेलिकम

  २०८१ कार्तिक २७ गते १४:५५     विकासन्युज

काठमाडौं । नेपाल टेलिकमले काठमाडौंस्थित बबरमहलमा रहेको दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्रकाे प्राङ्गण बाहिर केही व्यक्तिहरूले धर्ना दिइरहेको बारे ध्यानाकर्ण गराएकाे छ ।

कार्तिक १२ गतेदेखि केही व्यक्तिको समूहले धर्ना दिँदै आएकाले आमसर्वसाधारण तथा सञ्चारमाध्यममा यसबारे केही भ्रम पर्न गएकोले टेलिकमले ध्यानाकर्षण गराएकाे हाे ।

कम्पनीको सेवा विस्तार, मर्मतसम्भार, सुरक्षा, सरसफाइ लगायतका सेवाहरु आवश्यकता बमोजिम बोलपत्र प्रकृयाबाट निश्चित समय तथा कार्य तोकी आउटसाेर्सिङकाे माध्यमबाट निजी सेवा प्रदायक कम्पनीसँग प्रचलित नियम/कानुन बमोजिम सम्झौता गरी आवश्यक सेवा लिने गरेको टेलिकमले जनाएकाे छ ।

टेलिकमका अनुसार सो सम्झौताको समयावधि वा तोकिएको कार्यावधि समाप्तिसँगै सेवा प्रदायक कम्पनीहरूसँगको दायित्व पनि समाप्त हुने व्यवस्था छ ।

दूरसञ्चार तालिम तथा अनुसन्धान केन्द्र, बबरमहल, काठमाडौंको सरसफाइको सेवा केही समय पहिले विगतको सेवा प्रदायक कम्पनीसँगको सम्झौता अवधि समाप्त भई हाल प्रतिस्पर्धाका आधारमा नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराइरहेको टेलिकमले जनाएकाे छ ।

नयाँ सेवा प्रदायक कम्पनीले सेवा उपलब्ध गराएकाे भन्दै विगतको सेवा प्रदायक कम्पनीसँग सम्बन्धित जनशक्तिले कम्पनीको प्राङ्गण बाहिर विभिन्न माग राखेर धर्ना दिएकाे हाे ।

कम्पनीको कार्यसम्पादनमा असहजता सिर्जना गर्नुका साथै नयाँ सेवाप्रदायक कम्पनीका जनशक्तिहरुलाई कम्पनीको कार्यालयमा सरसफाई सम्बन्धी कार्य गर्न अवरोध सिर्जनासमेत गरेको टेलिकमले जनाएकाे छ ।

साथै टेलिकमले उक्त जनशक्तिसँग कुनै सरोकार नरहेको बेहोरा पनि स्पष्ट पारेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.