अमेरिकी डलर रेकर्ड मूल्यमा स्थिर, अधिकांश देशको मुद्राको भाउ घट्यो

  २०८१ कार्तिक २८ गते ६:५६     विकासन्युज

काठमाडौं । आज अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा स्थिर रहेको छ भने अधिकांश विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.७४ रुपैयाँ र बिक्रीदर १३५.३४ रुपैयाँ तोकेको छ । जुन मूल्य हालसम्मकै उच्च हो ।

आज युरोपियन यूरोको एकको खरिदर १४३.२२ रुपैयाँ र बिक्रीदर १४३.८५ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७२.८६ रुपैयाँ र बिक्रीदर १७३.६३ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.९० रुपैयाँ र बिक्रीदर १५३.५८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.१९ रुपैयाँ र बिक्रीदर ८८.५८ रुपैयाँ तोकेको छ ।

यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.५५ रुपैयाँ र बिक्रीदर ९६.९८ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.७१ रुपैयाँ र बिक्रीदर १०१.१६ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७५ रुपैयाँ र बिक्रीदर ८.७९ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७९ रुपैयाँ तोकेको छ ।

राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.८७ रुपैयाँ र बिक्रीदर ३६.०३ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३६.९७ रुपैयाँ र बिक्रीदर ३७.१३ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८७ रुपैयाँ र बिक्रीदर ३.८९ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.६८ रुपैयाँ र बिक्रीदर ३६.८५ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.१७ रुपैयाँ र बिक्रीदर ३०.५० रुपैयाँ तोकेको छ ।

यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.५८ रुपैयाँ र बिक्रीदर ९.६३ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.३९ रुपैयाँ र बिक्रीदर १२.४५ रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.२० रुपैयाँ र बिक्रीदर १९.२९ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३२ रुपैयाँ र बिक्रीदर १७.४० रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.३५ रुपैयाँ र बिक्रीदर ४४०.३० रुपैयाँ र बहराइन दिनार एकको खरिददर ३५७.४६ रुपैयाँ र बिक्रीदर ३५९.०५ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.