नागरिक लगानी कोषको नाफा १३.६२ प्रतिशत बढ्यो, ब्याजदर घट्दा कोषको आम्दानीमा असर

  २०८१ कार्तिक २८ गते ७:१३     विकासन्युज

काठमाडौं । नागरिक लगानी कोषले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासमा ३० करोड ९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कोषले २६ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । गत वर्षको तुलनामा कोषको नाफा १३.६२ प्रतिशत बढेको देखिन्छ ।

असोज मसान्तसम्म कोषको सेवा शुल्क तथा कमिशन आम्दानी १८.८६ प्रतिशत बढेर ३९ करोड १६ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कोषले ३२ करोड ९५ लाख रुपैयाँ सेवा शुल्क आम्दानी गरेको थियो ।

तीन महिनाको अवधिमा कोषको कुल आम्दानी १२.६० प्रतिशत बढेर ५१ करोड ७० लाख रुपैयाँ र कुल खर्च ९.१९ प्रतिशत बढेर ११ करोड ५७ लाख रुपैयाँ गरेको छ ।

यस अवधिमा कोषको ब्याज आम्दानी ३.७९ प्रतिशत घटेर ११ करोड ९८ लाख रुपैयाँमा सिमित भएको छ । बैंक तथा वित्तीय संस्थाको ब्याजदर घट्दा कोषको ब्याज आम्दानीमा असर परेको देखिन्छ । कोषका अनुसार असोजसम्म बैंकको मुद्दती निक्षेपमा १ खर्ब ३७ अर्ब ५३ करोड रुपैयाँ लगानी छ ।

कोषको चुक्ता पुँजी १४ प्रतिशत बढेर ६ अर्ब ५ करोड ७६ लाख रुपैयाँ र जगेडा कोष २१.५६ प्रतिशत घटेर १८ अर्ब ३४ करोड १६ लाख रुपैयाँ रहेको छ ।

कोषको प्रतिसेयर आम्दानी ७ पैसा घटेर १९.८७ रुपैयाँमा झरेको छ । कोषको प्रतिसेयर नेटवर्थ १५७.४२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ११३.९९ गुणा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.