२०८१ कार्तिक २८ गते ११:११ विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले आकस्मिक पत्रकार सम्मेलन राखेका छन् ।
डेडिकेडेट तथा ट्रंक लाइनको विद्युत बक्यौता विवाद चुलिरहेकाे बेला उनले पत्रकार सम्मेलन बाेलाएका हुन् । उनले बुधबार दिउँसाे २ बजेका लागि पत्रकार सम्मेलन बाेलाएका छन् ।
उद्योगीहरूसँग विद्युत् बक्यौता रकम उठाउने विषयमा विवाद सिर्जना भएपछि उनी बक्यौता नतिर्ने उद्योगको बिजुलीकाे लाइन काट्दै आएका छन्। सरकारले भने उद्योगहरूमा बिजुलीको लाइन नकाट्न निर्देशन दिँदै आएकाे छ ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले उद्योगमा लाइन जोड्जे निर्णय गरेको थियो । त्यसपछि पनि लाइन नजोडेका कुलमानलाई प्राधिकरणको मंगलबार बसेको बोर्डको बैठकले उद्योगमा लाइन जोड्न पनर्देशन दिइसकेको छ ।
प्राधिकरण बाेर्डले मंगलबार साे निर्णय गरेकाे दाेस्राे दिनमै उनले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् । बोर्डको अध्यक्ष उर्जामन्त्री हुने व्यवस्था छ ।
उनको पत्रकार सम्मेलनको उद्देश्य भने खुलाइएकाे छैन । सकारले उनलाई हटाउने प्रयास गरिरहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.