२०८१ कार्तिक २८ गते १४:१६ विकासन्युज
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले नेपाल सरकारको निर्णयलाई पालना गर्नु प्राधिकरणको कानूनी कर्तव्य भएको बताएका छन् । बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै उनले सरकारको निर्णय पालना गर्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको बताएका हुन् ।
उनले सरकारको निर्णय पालना गर्नुपर्ने विषयलाई पटक–पटक दोहोर्याउँदै विद्युत लाइन काटिएका उद्योगमा लाइन जोड्न दिएको निर्देशनले सो निर्देशन पालना गर्नुपर्ने धारणा राखे ।
सरकारले १५ दिनभित्र बक्यौता उठाउने निर्णय गरेका छ, अब हामी सो अवधिभित्र बक्यौता उठाउँछौं, १५ दिन भित्र बक्यौता नतिरेमा फेरि कानूनी प्रक्रियामा अगाडि बढ्छौं,’ उनले भने ।
यस्तै, उनले उद्योगीले १५ दिनभित्र बक्यौता नतिरेमा उर्जा मन्त्रालय र सरकारले नै उठाउन पनि पहल गर्नुपर्ने धारणा राखे ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.