२०८१ कार्तिक २८ गते १५:४९ विकासन्युज
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १४.१२ अंक घटेर २७३४.८३ बिन्दुमा झरेको छ । आज ९९ कम्पनीको सेयर बढ्दा १३८ वटाको मूल्य बढेकाे छ । तर, ७ वटाको मूल्यमा भने कुनै परिवर्तन भएको छैन ।
बुधबार १ करोड ५३ लाख ६२ हजार २०६ कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ९१ करोड १९ लाख ७६ हजार रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ । यसअघि हिजो नेप्से ११.२४ अंकले घटेको थियो भने ७ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो ।
नेप्सेका अनुसार सप्तकोशी डेभलपमेन्ट बैंक र सिर्जनशील लघुवित्त वित्तिय संस्थाकाे सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । यस्तै, मकर जीतुमायी सुरी हाइड्रो, पोखरा फाइनान्स र समृद्धि फाइनान्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।
तर, कुथेली बुकारी स्मल हाइड्रोकाे सेयर मूल्य १० प्रतिशत घटेकाे छ । यस्तै, समाज लघुवित्त वित्तिय संस्था ४.९३ प्रतिशत, एनएलजी इन्स्योरेन्स कम्पनीको ४.०४ प्रतिशत र बुटवल पावर कम्पनीको ३.६३ प्रतिशतले गिरावट आएको छ ।
कारोबारतर्फ भने जानकी फाइनान्स कम्पनीकाे ३३ करोड ८६ लाख ३३ हजार रुपैयाँ, पोखरा फाइनान्सकाे २५ करोड ८९ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकको २१ करोड ५७ लाख रुपैयाँ, समृद्धि फाइनान्सकाे २१ करोड १३ लाख रुपैयाँ र पिपुल्स हाइड्रोको १८ करोड २२ लाख रुपैयाँकाे सेयर काराेबार भएकाे छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.