वस्तु व्यापारमा बढी कर तिर्ने भाटभटेनी अध्यक्ष गुरूङलाई सरकारको सम्मान

  २०८१ मंसिर २ गते ७:१६     विकासन्युज

काठमाडौं । वस्तु व्यापारबाट बढी कर तिर्नेमा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर सम्मानित भएको छ । मूल्य अभिवृद्धि कर लागू भएको दिन १ मंसिर स्मरण गर्दै २०६९ सालदेखि नेपाल सरकारले राष्ट्रिय कर दिवस मनाउँदै आएको ।

कर दिवसको अवसरमा सरकारले भाटभटेनी सुपरमार्केटलाई सम्मान गरेको हो ।आर्थिक वर्ष २०७९/८० मा वस्तु व्यापारबाट बढी कर तिर्ने करदाताको रूपमा भाटभटेनी सुपरमार्केटलाई आन्तरिक राजश्व विभागले सम्मान गरेको भाटभटेनी सुपरमार्केटका सीओओ पानु पौडेलले जानकारी दिए ।

आन्तरिक राजस्व विभागले शनिबार आयोजना गरेको कर दिवसको अवसरमा भाटभटेनीका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीन बहादुर गुरूङलाई अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् । अघिल्लो वर्ष पनि वस्तु तथा व्यापारमा बढी कर तिर्नेमा गुरूङ अग्रपंक्तिमा थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.