प्राइम बैंकको ब्याजदर ०.२५ प्रतिशत घट्यो

  २०८१ मंसिर २ गते ८:३६     विकासन्युज

काठमाडौं । प्राइम कमर्सियल बैंकले मुद्दती निक्षेपमा ब्याजदर घटाएको छ । बैंकले मंसिर १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो ।

बैंकले मंसिरमा ०.२५ प्रतिशत ब्याजदर घटाएर मुद्दती निक्षेपमा व्यक्तिगततर्फ ५.७५ प्रतिशत, संस्थागततर्फ ४ प्रतिशत र रेमिट्यान्समा ६.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि कात्तिकमा बैंकले व्यक्तिगततर्फ ६ प्रतिशत, संस्थागततर्फ ४.२५ प्रतिशत र रेमिट्यान्समा ७ प्रतिशत ब्याजदर तोकेको थियो । ।

बैंकले मंसिरमा साधारण बचत खातामा न्यूनतम ३ प्रतिशतदेखि ४.९५ प्रतिशत ब्याजदर तोकेको छ भने रेमिट्यान्स बचतमा ५.९५ प्रतिशत ब्याजदर तोकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4