१० प्रतिशत लाभांश पारित गर्न नबिल बैंकले डाक्यो ४०औँ वार्षिक साधारण सभा

  २०८१ मंसिर २ गते १५:५६     विकासन्युज

काठमाडौं । लाभांश पारित गर्न नबिल बैंकले ४०औँ वार्षिक साधारण सभा बोलाएको छ । बैंक सञ्चालक समितिको मंसिर २ गते बसेको बैठकले मंसिर २७ गते वार्षिक साधारण सभा आह्वान गरेको हो ।

बैंकको सभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट हाल कायम चुक्ता पुँजीको करसहित १० प्रतिशत नगद लाभांश लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

लाभांश तथा साधारण सभा प्रयोजनार्थ बैंकले मंसिर १० गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले मंसिर ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागीता जनाई लाभांश प्राप्त गर्न सक्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

Image-1
Image-2
Image-3
Image-4