२०८१ मंसिर ३ गते १०:५२ विकासन्युज
काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिव प्रसाद आचार्य नियुक्त भएका छन् ।
कात्तिक ३० गते बसेको संस्था सञ्चालक समितिको बैठकले आचार्यलाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई मंसिर १ गतेदेखि लागू हुनेगरी अर्को व्यवस्था नभए सम्मका लागि उक्त जिम्मेवारी प्रदान गरिएको संस्थाले जनाएको छ । उनी हाल संस्थामा वरिष्ठ नायब सीईओको रुपमा कार्यरत छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.