मुक्तिनाथ विकास बैंकले सञ्चालनमा ल्यायो मुक्तिनाथ फाइदा एप

  २०८१ मंसिर ३ गते १५:१६     विकासन्युज

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न आफ्नो मोबाईल बैंकिङ सेवाको स्तरवृद्धि गरि थप सेवा सहितको ‘मुक्तिनाथ फाइदा एप’ सञ्चालनमा ल्याएको छ । मुक्तिनाथ फाइदा एप सञ्चालन पछि ग्राहकहरुले ‘मोबाइल एक फाइदा अनेक’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

यो एप डिजिटल बैंकिङको सर्वव्यापी दृष्टिकोणमा आधारित भएकोले सबै ग्राहकले सरल र सुरक्षित तरिकाले घरमा नै बसी बैंकिङ सेवा उपयोग गर्न सकिने बैंकले उल्लेख गरेको छ । ग्राहकले गर्ने सुरक्षित कारोबारको लागि सुरक्षा प्रश्नहरु राख्न सक्ने साथै ग्राहकले प्रयोग गर्ने डिभाईस ग्राहक स्वयमको हो होईन पहिचान गर्ने जसबाट अनधिकृत व्यक्तिको पहुँच नहुने भएको छ ।

ग्राहकहरुले मोबाईल फोन तथा वेबबाट एउटै पासवर्ड प्रयोग गरी आफ्नो खाताबाट सुरक्षित कारोबार गर्न सक्नेछन् । यसका साथै, अन्य थप गरिएको सुविधाहरुमा विभिन्न बिल भुक्तानी, नगद जम्मा भौचर, एटीएम कार्ड नविकरण, इ–कर्मस कार्ड सक्रिय, भाषा छनौट, विदेशी मुद्रा विनियमदर, व्याजदर, कारोवारको सिमाको जानकारी, बैंकले दिने वस्तु तथा सेवाहरुको जानकारी, भेटघाटको लागि अनुरोध, कारोबार सफल नभएमा कारोबारको दाबी गर्न, बैंकले दिने विभिन्न सुचनाहरुको जानकारी लिन, गुनासो तथा सुझाव दिन, चेक बुक अनुरोध गर्न, विभिन्न भुक्तानीको तालिका राख्न,आम्दानी तथा खर्चको ग्राफ साथै अन्य सुविधाहरू रहेको छ ।

साथै, बैंकले विकास बैंकले प्रर्वद्धन गरेको नेपालको पहिलो सामुहिकलगानी कोष ‘मुक्तिनाथ म्युचुअल फण्ड’ यहि मंसिर महिनाभित्र सार्वजनिक निष्काशनमार्फत् इकाईहरु बिक्रिमा ल्याउने भएको छ । यस कोषको प्रवद्र्घक मुक्तिनाथ विकास बैंक र भने योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.