२०८१ मंसिर ४ गते १२:५८ विकासन्युज
काठमाडौं । अपि इन्फ्रा लिमिटेडले आफ्नो १० तले लक्जरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरेको छ ।
ललितपुरको झम्सीखेलमा सोमबार विशेष पूजापाठ कार्यक्रम गरी अपार्टमेन्ट परियोजनाको शिलान्यास गरिएकाे हाे ।
कम्पनीका अनुसार यो परियोजना १ अर्ब २० करोड रुपैयाँको लगानीमा निर्माण हुँदैछ । ३ रोपनी क्षेत्रफलमा फैलिने यस परियोजनामा कुल ४३ युनिट रहने कम्पनीले जनाएकाे छ ।
अपार्टमेन्ट निर्माण २ वर्षभित्र पूरा गर्ने लक्ष्य राखिएको कम्पनीकी कार्यकारी निर्देशक सिर्जना खड्काले जानकारी दिइन् ।
खड्काका अनुसार कम्पनीले बुकिङ खुला गरिसकेको छ । हाल बुकिङ गर्नेले पार्किङ शुल्कमा शतप्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
अपार्टमेन्ट अत्याधुनिक जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको कम्पनीको दावी छ ।
के-के छन् विशेषता ?
साउण्ड प्रुफ वाल र प्रिमियम लेमिनेटेड फ्लोर
कोहलर ब्रान्डका उच्च गुणस्तरीय सेनेटरीवेयर
मोशन सेन्सर, स्मार्ट स्विच, र २४ सै घण्टा पावर ब्याकअप
प्राकृतिक प्रकाशका लागि उत्कृष्ट डिजाइन
आफ्नो आवश्यकता अनुसार छनोट गर्न सकिने युनिटहरू
१ बीएचके युनिट
युनिट एफ: १०००.७ वर्ग फिट (दक्षिण, पश्चिममुखी)
२ बीएचके युनिटहरू
युनिट ए: १३०७.७१ वर्ग फिट (उत्तर, पश्चिम, पूर्वमुखी)।
युनिट बी: १२८१.१० वर्ग फिट (दक्षिण, पश्चिममुखी)
युनिट डी: १३६०.३६ वर्ग फिट (दक्षिण, पश्चिममुखी)
युनिट जी: १३१९.८१ वर्ग फिट (दक्षिण, पूर्वमुखी)
युनिट एच: १३४०.४३ वर्ग फिट (पूर्वमुखी)
३ बीएचके युनिटहरू
युनिट सी: १७६९.१८ वर्ग फिट (पूर्वमुखी)
युनिट ई: १४०४.७६ वर्ग फिट (दक्षिण, पूर्वमुखी)
Copyright © 2024 Bikash Media Pvt. Ltd.