२०८१ मंसिर ४ गते १७:३८ विकासन्युज
काठमाडौं । अमेरिकी राष्ट्रपतिय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भएको १५ दिन बितिसकेको छ । यी १५ दिनमा केही क्रिप्टोकरेन्सीको मूल्य निकै बढेको छ । यी १५ दिनमा बिटकोइन, इथरियम र डगकोइनजस्ता प्रमुख क्रिप्टोकरेन्सीहरूमा उच्च वृद्धि भएको हो ।
१५ दिनको विश्लेषण हेर्दा क्रिप्टोकरन्सीले लगानीकर्ताहरूलाई धनी बनाएकाे छ । यी दिनमा सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटक्वाइन ३४ प्रतिशतले बढेको छ । योसँगै लगानीकर्ताले इथरियमबाट २८ प्रतिशत प्रतिफल पाएका छन् । यसबाहेक डगकोइनले १०० प्रतिशतभन्दा बढी रिटर्न दिएको छ ।
कस्तो थियो क्रिप्टोकरेन्सीको मूल्य ?
१५ दिनमा केही क्रिप्टोकरेन्सीले लगानीकर्ताहरूलाई धनी बनाएका छन् । विश्वको सबैभन्दा महँगो क्रिप्टोकरेन्सी बिटक्वाेइनले यी १५ दिनमा ३४ प्रतिशत रिटर्न दिएको छ । नोभेम्बर ४ मा बिटक्वाइनको मूल्य ९१.९५२ लाख रुपैयाँ थियो । अहिले त्यो बढेर करिब १२३.२ लाख पुगेको छ ।
सोही समयमा दोस्रो सबैभन्दा महँगो क्रिप्टोकरेन्सी इथरियमले पनि राम्रो प्रतिफल दिएको छ । १५ दिनमा यसको प्रतिफल लगभग २८ प्रतिशत रहेको छ । नोभेम्बर ४ मा इथरियमको मूल्य ३.२६ लाख रुपैयाँ थियो । अहिले ४.२० लाख रुपैयाँ पुगेकाे छ ।
मालामाल डगकोइन
यी १५ दिनमा डगकोइनका लगानीकर्ता मालामाल भएका छन् । यसको १५ दिनको प्रतिफल १३८ प्रतिशत रहेको छ । नोभेम्बर ४ मा एक डगकोइनको मूल्य २१.७७ रुपैयाँ थियो । आज बढेर ५१.७४ पुगेको छ । (एजेन्सीको सहयोगमा)
Copyright © 2024 Bikash Media Pvt. Ltd.