२०७३ फागुन १२ गते १४:०६ विकासन्युज
काठमाडौं । बिहीबार प्रोगेसिभ फाइनान्स र नयाँ नेपाल लघुवित्त विकास बैंकको प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ । सो दिन यी दुई कम्पनीको गरि जम्मा २ लाख ८७ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको हो ।
त्यसमध्ये प्रोगेसिभ फाइनान्स फाइनान्सको १ लाख ८९ हजार कित्ता र नयाँ नेपाल लघुवित्त विकास बैंकको ९८ हजार कित्ता प्रवद्र्धक सेयर साधारण सेयरमा परिणत भएको छ ।
अब यी दुबै कम्पनीको कुल सेयरमा ५१ प्रतिशत प्रवद्र्धकको र ४९ प्रतिशत सर्बसाधारणको भएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.