२०८१ मंसिर ५ गते १३:४५ विकासन्युज
काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बन्न आवेदन दिएका सबै उम्मेदवार अनुत्तीर्ण भएका छन् । सीईओका लागि दरखास्त दिने उम्मेदवारहरूले न्यूनतम अंक पनि प्राप्त गर्न नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएका हुन् ।
उम्मेदवारहरूले पेस गरेका शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशत अर्थात ३० नम्बर पनि ल्याउन नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएका हुन् ।
शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको मूल्याङ्कनमा शैक्षिक योग्यता, अनुभव र व्यावसायिक कार्ययोजनाको कुल पूर्णाङ्क ५५ को ६० प्रतिशतले ल्याउने उम्मेदवारलाई व्यावसायिक कार्ययोजनाकी प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गर्नुपर्ने व्यवस्था रहेको छ । तर, कुनै पनि उम्मेदवारले ६० प्रतिशत ल्याउन नसकेपछि व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि सिफारिस गर्न नसकिएको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले जनाएको छ ।
कम्पनीले असोज १६ गते सीईओका लागि आवेदन खुलाएको थियो । सीईओ बन्नका लागि ४ जनाले आवेदन दिएका थिए । सीईओ बन्नका लागि महेश रिमाल, सुवास कोइराला, रामनाथ यादव र बुद्धकाजी श्रेष्ठले आवेदन दिएका थिए ।
जसमध्ये रिमाल हाल कम्पनीको कार्यवाहक सीईओ हुन् । यसैगरी, कोइराला सोही कम्पनीको सल्लाहकार भएर काम गरिसकेका व्यक्ति हुन् भने श्रेष्ठ सोही कम्पनी (तत्कालीन बीमा संस्था)को यसअघिको प्रशासक पदका लागि सर्ट लिस्टमा परेका थिए । सर्टलिष्टमा ३ जना परेका थिए, जहाँ उनको नाम पनि थियो ।
तत्कालीन बीमा संस्थान गत वर्ष कम्पनीमा परिणत भएको थियो । कम्पनीमा परिणत भएको एक वर्षपछि कम्पनीले सीईओको लागि आवेदन खुलाएको हो ।
एक वर्षसम्म कम्पनीको व्यवस्थापकीय नेतृत्व कार्यवाहकको रूपमा रिमालले सम्हालिरहेका छन् । रिमाल चार्टर्ड एकाउन्टेन्ट समेट हुन् । उनी विगत २ दशकभन्दा बढी समयदेखि सोही कम्पनीमा आवद्ध छन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.