राष्ट्रिय बीमा कम्पनीले १६ गतेदेखि अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्दै

  २०८१ मंसिर ५ गते १५:२१     विकासन्युज

काठमाडाैं । राष्ट्रिय जीवन बीमा कम्पनीले निर्जीवन बीमा अभिकर्ताको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । बीमा अभिकर्ता भई कार्य गर्न चाहने इच्छुक व्यक्ति तथा संस्थाहरूको लागि कम्पनीले ३ दिवसीय तालिम सञ्चालन गर्न लागेको हो ।

कम्पनीका अनुसार तालिम मसिंर १६ गतेदेखि १८ गतेसम्म विहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुनेछ । तालिमको शुल्क एक हजार रुपैयाँ रहेको कम्पनीले जनाएको छ ।

तालिमका लागि निवेदन पत्र, नेपाली नागरिकताको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रको प्रतिलिपि, हालसालै खिचिएको पासपोर्ट साइजको २ प्रति फोटो र प्यान कार्डको प्रतिलिपि हुन आवश्यक रहेको जनाइएको छ ।

संस्थाको हकमा कुनै एक सञ्चालकले तालिम लिनुपर्ने कम्पनीले जारी गरेको सूचनामा उल्लेख छ ।

तालिम कम्पनीको केन्द्रीय कार्यालयमा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.