सबै उम्मेदवार फेल भएपछि राष्ट्रिय जीवन बीमाले दोस्रोपटक माग्यो सीईओ

  २०८१ मंसिर ६ गते ८:००     विकासन्युज

काठमाडौं । राष्ट्रिय जीवन बीमा कम्पनीले दोस्रोपटक प्रमुख कार्यकारी अधिकृत (सीईओ)का लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले पहिलोपटक दरखास्त आह्वान गर्दा आवेदन दिएका सबै उम्मेदवार अनुतिर्ण भएपछि पुनः दोस्रो पटक सीईओ मागेको हो ।

कम्पनीले यसअघि गत असोज १६ गते सीईओ मागेको थियो । तर, सीईओका लागि दरखास्त दिने उम्मेदवारहरूले न्यूनतम अंक पनि प्राप्त गर्न नसकेपछि अन्तर्वार्ताका लागि अयोग्य भएको प्रमुख कार्यकारी अधिकृत छनोट तथा सिफारिस समितिले जनाएको छ ।

यसपटक कम्पनीको सीईओ पदको लागि योग्यता पुगेका इच्छुक नेपाली नागरिकले २१ दिन अर्थात् मंसिर २६ गतेभित्र आवेदन दिनुपर्नेछ ।

बीमा, व्यवस्थापन लगायत विभिन्न विषयमा कम्तीमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी कम्पनीमा व्यवस्थापक तहमा बीमा क्षेत्रमा भएका कम्तीमा ५ वर्ष वा आर्थिक क्षेत्रमा भए ८ वर्ष तथा दुबै क्षेत्रमा भए बीमामा एक वर्षको अनुभव सहित कम्तीमा ७ वर्षको अनुभव हुनुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.