२०८१ मंसिर ७ गते ७:२१ विकासन्युज
काठमाडौं । अमेरिकी डलरको मूल्यले नयाँ रेकर्ड बनाएको छ । शुक्रबार डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल राष्ट्र बैंकले अमेरिकी डलरको मूल्य एकको खरिदर १३४.९० रुपैयाँ र बिक्रीदर १३५.५० रुपैयाँ तोकेको छ । जुन हालसम्मकै उच्च हो । यसअघि खरिदर १३४.७७ रुपैयाँ र बिक्रीदर १३५.३७ रुपैयाँ थियो ।
आज युरोपियन यूरोको एकको खरिदर १४२.०२ रुपैयाँ र बिक्रीदर १४२.६७ रुपैयाँ, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७०.६२ रुपैयाँ र बिक्रीदर १७१.३८ रुपैयाँ, स्वीस फ्रयाङ्क एकको खरिददर १५२.७१ रुपैयाँ र बिक्रीदर १५३.३८ रुपैयाँ, अष्ट्रेलियन डलर एकको खरिददर ८८.०० रुपैयाँ र बिक्रीदर ८८.३९ रुपैयाँ तोकेको छ ।
यस्तै, क्यानेडियन डलर एकको खरिददर ९६.६३ रुपैयाँ र बिक्रीदर ९७.०६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिददर १००.४४ रुपैयाँ र बिक्रीदर १००.८९ रुपैयाँ, जापानी येन १० को खरिददर ८.७३ रुपैयाँ र बिक्रीदर ८.७७ रुपैयाँ र चिनियाँ युआन एकको खरिददर १८.६३ रुपैयाँ र बिक्रीदर १८.७१ रुपैयाँ तोकेको छ ।
राष्ट्र बैंककाअनुसार साउदी अरेबियन रियाल एकको खरिददर ३५.९३ रुपैयाँ र बिक्रीदर ३६.०९ रुपैयाँ, कतारी रियाल एकको खरिददर ३७.०० रुपैयाँ र बिक्रीदर ३७.१७ रुपैयाँ, थाई भाट एकको खरिददर ३.८९ रुपैयाँ र बिक्रीदर ३.९१ रुपैयाँ, युएई दिराम एकको खरिददर ३६.७३ रुपैयाँ र बिक्रीदर ३६.८९ रुपैयाँ, मलेसियन रिङ्गेट एकको खरिददर ३०.२१ रुपैयाँ र बिक्रीदर ३०.३५ रुपैयाँ तोकेको छ ।
यस्तै साउथ कोरियन वन एक सयको खरिदद ९.६५ रुपैयाँ र बिक्रीदर ९.६९ रुपैयाँ, स्वीडिस क्रोनर एकको खरिददर १२.२५ रुपैयाँ र बिक्रीदर १२.३० रुपैयाँ, डेनिस क्रोनर एकको खरिददर १९.०६ रुपैयाँ र बिक्रीदर १९.१३ रुपैयाँ, हङ्कङ डलर एकको खरिददर १७.३३ रुपैयाँ र बिक्रीदर १७.४१ रुपैयाँ, कुवेती दिनार एकको खरिददर ४३८.६७ रुपैयाँ र बिक्रीदर ४४०.६२ रुपैयाँ, बहराइन दिनार एकको खरिददर ३५७.९० रुपैयाँ र बिक्रीदर ३५९.४९ रुपैयाँ, ओमानी रियाल एकको खरिददर ३५०.३७ रुपैयाँ र बिक्रीदर ३५१.९३ रुपैयाँ कायम रहेको राष्ट्र बैंकले जनाएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.