५० औं वर्षमा प्रवेश गर्‍यो हिट्को प्रालि, इभीका लागि पनि आवश्यक सामग्री उपलब्ध गराउँदै

  २०८१ मंसिर ७ गते १३:०४     विकासन्युज

काठमाडौं । हिट्को प्रालि ५०औं वर्षमा प्रवेश गरेको छ ।

विसं २०३२ को मंसिर ७ गते स्थापना भएको हिट्को प्रालि ४९ वर्ष पुरा भएर ५० वर्षमा प्रवेश गरेको हिट्को प्रालिका म्यानेजिङ डाइरेक्टर प्रदिपमान प्रधानले जानकारी दिए ।

हिट्कोले सेल्स सर्भिसका लागि आवश्यक उपकरण उपलब्ध गराउँदै आएकाे छ । कम्पनील हाल टु ह्विलर, फोर ह्विलर, ट्रयाक्टर, हेभी इक्विपमेन्ट मर्मतका लागि आवश्यक टुल्स, पार्ट्सजस्ता उपकरण उपलब्ध गराउँदै आएको छ ।

त्यसैगरी, उद्योगका लागि एयर कम्प्रेसर र मेटरियल ह्यान्डलिङ उपकरण पनि उपलब्ध गराएकाे छ ।

हिट्कोले पछिल्लो समयमा इलेक्ट्रिक गाडीको सर्भिस सेन्टर निर्माणका लागि आवश्यक उपकरणसमेत उपलब्ध गराउँदै आएको प्रधानले बताए । उसले बीवाईडी, नेटा, एमजी, हुन्डाई, एसआरएम, एमएडब्लु आदिसँग सहकार्य गरिरहेको छ ।

सरकारी निर्माण कार्यमा प्रयोग हुने आवश्यक उपकरण आपूर्ति गर्ने उद्देश्यका साथ हिट्को प्रालिको स्थापना भएकाे भए पनि यसले अन्य प्रकारका उपकरणसमेत आयात गर्न थालेकाे थियाे ।

हिट्कोले सिजफायर ब्रान्डका फायर एक्स्टिङग्विसर पनि उपलब्ध गराइरहेको छ ।

पछिल्लो समय अटोबजार इलेक्ट्रिक भेइकलमा सिफ्ट भएसँगै कम्पनीले ईभीकै लागि भनेर विशेष प्रकारका उपकरण र अन्य सामग्रीको उत्पादनसमेत गरिरहेको छ ।

प्रदिपमान प्रधानका बुवा अक्षतमान प्रधानले कम्पनीको स्थापना गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.