सबैभन्दा बढी कर तिर्ने कैलाश हेलिकप्टर सम्मानित

  २०८१ मंसिर ७ गते १३:२६     विकासन्युज

काठमाडौं । आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी आयकर दाखिला गरेको कैलाश हेलिकप्टर सर्भिसेज सम्मानित भएको छ ।

कैलाश हेलिकप्टर १३ औं राष्ट्रिय कर दिवसको अवसरमा सम्मानित भएको हो ।

आन्तरिक राजस्व कार्यालय बत्तीसपुतलीको क्षेत्राधिकारका करदातामध्ये उक्त आवमा सबैभन्दा बढी आयकर दाखिला गरेकाले कैलाश हेलिकप्टर सम्मानित भएकाे हाे ।

उक्त अवसरमा प्रमुख कर अधिकृत युवराज श्रेष्ठले कैलाश हेलिकप्टर सर्भिसेजका प्रबन्ध र्निदेशक प्रतापजंग पाण्डेलाई सम्मानपत्रका साथ सम्मान गरे ।

साथै यसअघि ९ औं राष्ट्रिय कर दिवस २०७७ मा पनि सबैभन्दा बढी आयकर दाखीला गरेकोमा यस कम्पनी सम्मानित भएकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.