४ महिनामा साढे ८ अर्बको ईभी गाडी भित्रियो, ७२ प्रतिशत चाइनाबाट आयात

  २०८१ मंसिर ७ गते १६:१०     विकासन्युज

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/०८२ को ४ महिना (साउनदेखि कातिकसम्म) ८ अर्ब बढीको विद्युतीय गाडी (ईभी) आयात भएको छ । चार महिनामा ८ अर्ब ३७ करोड रुपैयाँ बढीको ३ हजार ४ सय ८७ वटा ईभी गाडी (कार, जीप र भ्यान) आयात भएको भन्सार विभागले जनाएको छ ।

विभागका अनुसार अधिकांश ईभी गाडी चाईनाबाट भित्रिएका छन् । यो चार महिनामा चाईनाबाट मात्रै २ हजार ५ सय १० वटा ईभी गाडी भित्रिएका छन्, जुन कुला ईभी गाडी आयातको ७१.९८ प्रतिशत हो । चाईनाबाट धेरै जसो ५१ देखि १०० वाटका गाडी भित्रिएका छन् ।

यसैगरी, भारतबाट ९ सय ६९ वटा गाडी भित्रिएका छन् । भारतबाट १०० वाटसम्मका गाडी भित्रिएका हुन् । जर्मनीबाट ६ र अमेरिकाबाट २ वटा गाडी भित्रिएका हुन् । जर्मनीबाट १०१ देखि २०० वाटसम्मका ४ वटा र २०१ वाटदेखि ३०० वाटसम्मका २ वटा गाडी भित्रिएका छन् । अमेरिकाबाट भने १०१ वाटदेखि २०० वाटसम्मका २ वटा गाडी भित्रिएको विभागको तथ्यांकले देखाउँछ ।

कति क्षमताका ईभी गाडी कति भित्रिए ?

विभागको तथ्यांकअनुसार ५० किलो वाटसम्मका १ हजार ४० वटा गाडी भित्रिएका छन् भने ५१ वाटदेखि १०० वाटसम्मका २ हजार १ सय १५ वटा, १०१ देखि २०० वाटसम्मका ३ सय १६ वटा, २०१ देखि ३०० किलोवाटसम्मका ६ वटा ईभी गाडी भित्रिएका छन् ।

उक्त गाडी आयातबाट ५ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.