अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल वार्ता, के भयो कुराकानी ?

  २०८१ मंसिर ७ गते २१:१९     विकासन्युज

काठमाडौं । अमेरिकाका खर्बपति एलन मस्कसँग प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल कुराकानी गरेका छन् । प्रधानमन्त्री ओलीले माइक्रोसफ्ट टिम्समार्फत मस्कसँग कुराकानी गरेका हुन् । ओलीले पनि समाजिक सञ्जालमा एलनसँग कुरा गरिरहेको छु भनेर स्टाटस राखेका छन् ।

उनले के विषयमा कुराकानी गरे भन्ने विषय भने खुल्न सकेको छैन । मस्कका कम्पनीले पछिल्लो समय नेपालमा स्याटलाइट इन्टरनेट सेवा स्टार लिंक सुरु गर्ने योजना बनाएको छ ।

उनले नेपालमा स्याटेलाइट इन्टरनेट सेवा सुरु गर्न पाउने वातावरण बनाइदिन सरकारसँग पनि गरिरहेका छन् । स्पेसएक्स अन्तरगतको स्टारलिंक स्याटेलाइटमा आधारित इन्टरनेट दिने कम्पनी हो । यो कम्पनीले स्याटेलाइटमार्फत सस्तोमा विश्वभरि नै इन्टरनेट सेवा दिने लक्ष्यसहित काम गरिरहेको छ ।

स्टारलिंकको प्रतिनिधिमण्डलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै भेटेर आफ्नो सेवाबारे प्रस्तुतिकरण (प्रिजेन्टेसन) र डेमो यसअघि नै दिइसकेको छ ।

अमेरिकामा हालै निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले मस्कलाई अमेरिकाको डिपार्टमेन्ट अफ गर्भर्मेन्ट एफिसियन्सीमा नियुक्त गर्ने घोषणा गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.