पोखराको चुत्राकोटमा १०८ फिट अग्लो अर्धनारीश्वर मूर्ति स्थापना गरिने, ७४ करोड खर्च हुने
२०८१ मंसिर ९ गते ९:२० विकासन्युज
गण्डकी । पोखरा महानगरपालिका–२८चुुत्राकोटमा एक सय आठ फिट अग्लो अर्धनारीश्वर शिवको मूर्ति स्थापना हुने भएको छ । वडाध्यक्ष श्रीकृष्ण लामिछानेका अनुसार मूर्तिका लागि सङ्घ सरकारबाट एक करोड रुपैयाँ विनियोजन भएको छ ।
मूर्ति स्थापनाका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भइसकेको र मूर्तिसहितका अन्य संरचनाका निर्माणका लागि ३८ करोड लाग्ने रुपैयाँ अनुमान गरिएको उनले बताए । उक्त स्थलमा उद्यानलगायत संरचना पनि निर्माण गरिने छ । मूर्ति निर्माण गर्न पशुपति क्षेत्र विकास कोष, भारतीय राजदूतावाससँग परामर्श जारी रहेको उनले जानकारी दिए ।
पोखरा महानगरपालिका– २८ का चुत्राकोट, चिन्तेको डाँँडा, ठूलाकोट, नौरुङलाई समेटेर पर्यटकीयस्थलका रूपमा विकास गर्ने योजना सुनाउँदै उनले त्यसका लागि ७४ करोड रुपैयाँ खर्च हुने बताउनुभयो ।