२०८१ मंसिर ९ गते ९:३६ विकासन्युज
काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आइएमई पे’ले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपमार्फत आफ्नो आईईएलटीएस परीक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले आईईएलटीएस को एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्कील्स ए१/ए२, ब१ को निम्ति भुक्तानी आइएमई पे एप मार्फत गर्न सक्नेछन् । सिमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्लाट १००० रूपैयाँ क्यासब्याक पनि प्राप्त गर्न सकिने कम्पनीले बताएको छ ।
’हामी हाम्रा प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित छौं’, आइएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मीले भने, ’आईईएलटीएस शुल्क भुक्तानीको लागि सुविधाजनक र सुरक्षित प्लेटफर्म प्रदान गरेर हामीले प्रयोगकर्ताहरुलाई आफ्नो उद्देश्यहरु पुरा गर्न सशक्त बनाउने लक्ष्य राख्छौं ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.