२०८१ मंसिर ९ गते १३:५६ विकासन्युज
काठमाडौं । माउण्टेन इनर्जीले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ ।
यसका लागि माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ ।
सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुणकुमार केसी र सीता हाइड्रो प्रालिका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरे ।
मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा माउण्टेन इनर्जीले लगानी गर्ने भएको हो ।
माउण्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र ५ मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालन भइरहेका छन् ।
माउण्टेनले चालु आर्थिक वर्ष २०८१/०८२ को प्रथम त्रैमासमा ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
कम्पनीको चूक्ता पूँजी २ अर्ब २६ करोड ३२ लाख रुपैयाँ रहेको छ । कम्पनीको ‘रिटेन अर्निङ’ १ अर्ब ३३ करोड रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.