सूर्य नेपाल गल्फ : सेन्ट्रल ओपन सोमबारदेखि सुरु, ३३ जना व्यावसायिक गल्फरले भाग लिने

  २०८१ मंसिर ९ गते १४:१३     विकासन्युज

काठमाडौं । सूर्य नेपाल गल्फ टुरअन्तर्गत सेन्ट्रल ओपन टुर्नामेन्ट सोमबारदेखि सुरु हुने भएको छ ।

गोकर्ण गल्फ क्लबमा प्रतियोगिता हुन लागेको हो ।

आयोजकका अनुसार नयाँ सिजनमा आठवटा प्रतियोगिता हुने भएको छ ।

प्रतियोगितामा ३३ जना व्यावसायिक गल्फरको सहभागिता हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो ।

डिफेन्डिङ च्याम्पियन सद्भव आचार्यसँगै भुवन नागरकोटी, निरज तामाङ, धन थापा, सञ्जय लामा, रवि खड्का, तोरण शाही र कुमार कामीजस्ता अनुभवी खेलाडीहरू यस प्रतियोगिताको मुख्य दावेदार हुने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार सेन्ट्रल ओपन ७२ होलमा खेलाइनेछ । प्रतियोगिताको च्याम्पियनले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । त्यसैगरी, उपविजेताले १ लाख तथा तृतीय हुनेले ७५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

यस प्रतियोगिताको कुल पुरस्कार राशि ८ लाख ८२ हजार रुपैयाँ रहेको छ ।

गल्फ टुरका अन्य प्रतियोगितामा काठमाडौं ‌ओपन, इस्टर्न ओपन, वेस्टर्न ओपन, सूर्य नेपाल च्यालेन्ज, एनपीजीए टुर च्याम्पियनसीप म्याच प्ले र प्रिमियर गल्फ च्याम्पियनसीप छन् ।

नेपाल प्रोफेसनल गल्फर्स एसोसिएसन (एनपीजीए) का अध्यक्ष रवीन्द्रमान श्रेष्ठले सूर्य नेपाल गल्फ टुर आफ्नो १८औं वर्षमा प्रवेश गरेकाे बताउँदै नेपालमा गल्फका लागि उत्कृष्ट मञ्च प्रदान गरेकाे जानकारी दिए ।

सूर्य नेपाल गल्फ टुर २०२४-२५ ले नेपालको गल्फ कोर्सहरूमा उच्च स्तरको प्रतिस्पर्धा प्रस्तुत गर्ने आयोजकको विश्वास छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.